
पोखरा, १८ चैत । क्षेत्री समाज नेपाल पोखरा महानगरपालिका वडा नं. ९ काे साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। दिर्घ बहादुर जिसिकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमले आगामी कार्यकालका लागि कमला केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनका मुख्य अतिथि र सम्बोधन
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष दिल बहादुर अधिकारीले सम्बोधन गर्नुभएको थियो। उहाँले समाजको विकास, जातीय एकता र सामाजिक कार्यमा क्षेत्री समाजको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो।
कार्यक्रममा जिल्ला सदस्य गणेश बहादुर क्षत्री लगायतका अतिथिहरूले नयाँ समितिलाई शुभकामना दिनुभएको थियो भने अधिवेशन सम्पन्न गर्न महानगर अध्यक्ष कृष्ण बहादुर थापाले संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो।
नयाँ कार्यसमिति विवरण
साधारण सभाले सर्वसम्मतिबाट चयन गरेको १५ सदस्यीय कार्यसमिति यस प्रकार रहेको छ:
- अध्यक्ष: कमला केसी
- उपाध्यक्ष: नरेन्द्र ब. क्षेत्री
- सचिव: भावना थापा
- कोषाध्यक्ष: रूबेन क्षेत्री
- सदस्यहरू:
- देवी घिमिरे क्षेत्री
- रिता क्षेत्री
- पार्वती क्षेत्री
- अम्बिका थापा
- सरस्वती कुँवर
- शिव क्षेत्री
- वरुण थापा
- कृष्ण थापा
- कोपिला क्षेत्री
- नारायणी पौडेल क्षेत्री
- धन कुमारी क्षेत्री
नवनिर्वाचित अध्यक्ष कमला केसीले समाजको हित र वडाभित्रका सामाजिक कार्यहरूमा आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापनसँगै नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो।

























