
पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा स्थापना दिवसकाे अवसरमा पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्याउने २५ जना अग्रणी महानुभावहरूलाई सम्मान गरेको छ। साथै २० वटा संस्थालाई संस्थागत सम्मान प्रदान गरेकाे छ।
समाराेह गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले ८५ औं पटक रक्तदान गर्नका लागि सरिक भएका रक्त अभियन्ता तथा पत्रकार कृष्ण बहादुर थापालाई व्लड ब्याग हस्तान्तरण गरेर सुरु भएकाे थियाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेले रेडक्रसकाे अभियानमा प्रदेश सरकार सँगै रहेकाे बताए । उनले सरकारकाे तर्फबाट गर्न सकिने सहयाेग हुनेमा विश्वास गर्न अनुराेध गरे । सातै प्रदेशमध्ये गण्डकी प्रदेशले जाेखिममा परेका जाे कसैकाे ज्यान जाेगाउन रेडक्रस मार्फत रगत निशुल्क वितरण भइरहेकाे बताए । उनले भने, हामीले काम गरेकाे पनि पहिचान हुनुपर्याे ।
साे अवसरमा सम्मानित व्यक्तित्व नेपाल रेडक्रस साेसाइटी कास्कीका उपसभापति तथा व्यवसायी धर्मराज अधिकारी, निवर्तमान अध्यक्ष डण्डराज शर्मा, डाेलराज पाण्डे, ब्रम्ह कुमारी दिदी शाेभा, साेभियत बहादुर अधिकारी, याेगेन्द्र केसी, पाेखरा वडा नम्बर १७ की अध्यक्ष राधीका कुमारी शाशी लगायतले रेडक्रसले गरेका मानविय सेवाका बारेमा चर्चा गरेका थिए ।
रक्तदानमार्फत मानव सेवामा उल्लेखनीय योगदान पुर्याउने सम्मानित व्यक्तिहरूको नामावली र उहाँहरूको रक्तदान सङ्ख्या यस प्रकार रहेको छ:
| क्र.सं. | नाम | रक्तदान सङ्ख्या |
| १ | धर्मराज अधिकारी | २७ वर्ष रेडक्रसमा जाेडिएर काम गरका |
| २ | बलराम अधिकारी | ६७ पटक |
| ३ | सृजन ओम श्रेष्ठ | ६७ पटक |
| ४ | सञ्जय किशोर बास्तोला | ६४ पटक |
| ५ | दुर्गाप्रसाद गोरासैनी | ६६ पटक |
| ६ | प्रकाश पौडेल | ६६ पटक |
| ७ | रामप्रसाद खनाल | ६६ पटक |
| ८ | उपेन्द्र अधिकारी | ६१ पटक |
| ९ | नवराज घिमिरे | ७१ पटक |
| १० | सोमेलाल श्रेष्ठ | ७० पटक |
| ११ | दिपेन्द्र श्रेष्ठ | ५९ पटक |
| १२ | दिपक गोदार | ५९ पटक |
| १३ | सुब्बा शाक्य | ६४ पटक |
| १४ | वीरेन्द्र बहादुर थापा | ६८ पटक |
| १५ | सुजित श्रेष्ठ | ७२ पटक |
| १६ | किशोर बराल | ५९ पटक |
| १७ | डाल्डा देवी भुजेल | ५६ पटक |
| १८ | यादब प्रसाद तिमिल्सिना | ३८ पटक |
| १९ | रमेश बहादुर कार्की | २६ पटक |
| २० | प्रेमबहादुर क्षेत्री | २८ पटक |
| २१ | पुष्पा उदास | ३२ पटक |
| २२ | सन्तोष सुनार | ३० पटक |
| २३ | विष्णु प्रसाद अधिकारी | २३ पटक |
| २४ | कल्पना थापा | १५ पटक |
| २५ | श्रीधर आचार्य | १५ पटक |
संस्थागत सम्मान प्रदान
रक्तदान अभिवृद्धि र आयोजनामा निरन्तर अतुलनीय योगदान पुर्याउँदै आएका विभिन्न संघ-संस्थाहरूलाई भव्य समारोहका बिच संस्थागत सम्मान प्रदान गरेको छ।
मानवसेवाको उच्च भावनासहित नियमित रक्तदान कार्यक्रम सञ्चालन गरी रगत सङ्कलनमा उल्लेखनीय भूमिका खेल्ने तनहुँको लायन्स क्लब अफ शुक्ला गण्डकी, पोखरा-७ स्थित मदरल्याण्ड माध्यमिक विद्यालय, नेरेसो पोखरा-१५ उपशाखा, लायन्स क्लब अफ पोखरा फेस्टेल सिटी, जुरेसो रेन्बो एकेडेमी होम्स्, ब्रह्माकुमारी ईश्वरी विश्व विश्वविद्यालय, गुरुङ गहना घर तथा राष्ट्रिय स्वतन्त्र पार्टी पोखरालाई संस्थागत सम्मानद्वारा विभूषित गरिएको छ। साथै, व्यक्तिगत तवरमा सामाजिक कार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै पोखरा-१५ का वडा सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आयोजना गर्नुभएको रक्तदान कार्यक्रमको विशेष योगदानलाई समेत कदर गर्दै संस्थागत सम्मान समर्पित गरिएको छ।
यसैगरी, सामाजिक उत्तरदायित्व र स्वयंसेवी भावनाका साथ रेडक्रसको अभियानमा हातेमालो गर्ने द आर्ट अफ लिभिङ, कालिका सेकेण्डरी स्कूल, राष्ट्रिय युवा संघ नेपाल, नेपाल बीमा प्राधिकरण, बागलुङ समाज पोखरा, कदममार्ग टोल विकास संस्था, नेपाल एस.बि.आई. बैंक, नेपाल विद्युत प्राधिकरण, लायन्स क्लब अफ मर्दी हिमाल तथा शान्तीदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटलाई पनि सम्मान प्रदान गरिएको छ।
कार्यक्रममा सम्मानित संस्थाका तर्फबाट वरदान क्षेत्री, रोशन थापा, शिवबहादुर भण्डारी, भिमा पौडेल, अनिशा बराल, सृजना ब्रह्माकुमारी, सिमा गुरुङ, योगेन्द्र के.सी., डा. डोनजन बहादुर क्षेत्री लामिछाने, बासुदेव अधिकारी, उमेश गुरुङ, शम्भुप्रसाद मिश्र, नरेश सुवेदी, बाबुराम कार्की, बसन्त गुरागाईं, नारायण पन्थी, तिर्थराज अवस्थी र हरिशचन्द्र शर्मा लगायतका प्रतिनिधिहरूले सम्मान ग्रहण गर्नुभएको थियो।
समाजमा निरन्तर रक्तदान गरी मानव जीवन बचाउन पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै रेडक्रस कास्कीले उहाँहरूलाई सम्मान व्यक्त गरेको हो। कार्यक्रम मन्त्री सन्ताेष अधिकारीले सञ्चालन गरेका थिए भने अध्यक्षता सभापति उर्मिला खड्काले गरेकि थिइन्।
























