पोखरा, १३ बैशाख । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पोखरामा निरन्तर आयोजित पोखरा चाइल्ड स्टारको सिजन–५ सम्पन्न भएको छ ।

नन्द इन्टरटेन्मेन्ट हाउसले शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरेको ग्राण्ड फिनालेमा सहभागी बालबालिकाले विभिन्न प्रस्तुति दिएका थिए। जसमा विभिन्न राउण्ड पार गर्दै गल्र्सतर्फ शिक्षिता रञ्जित विजेता घोषित भएकी छन् । रोस्लिना राना मगर फस्र्ट रनर अप, तिथि मोर सेकेण्ड रनर अप, समृद्धि बराल थर्ड रनर अप र सिम्रन श्रेष्ठ फोर्थ रनर अप भए।

यसैगरी, ब्याइजतर्फको प्रतिस्पर्धामा प्रनिश विश्वकर्मा विजेता घोषित भए । रोनिश पौडेल सेकेण्ड रनर अप र शिवंश लामिछाने थर्ड रनर अप बन्न सफल भए। ग्रान्ड फाइनलमा सहभागी बालबालिकाहरूले नृत्य, प्रस्तुति कला, आत्मविश्वास र सिर्जनशीलतामा उच्चस्तरको प्रदर्शन गरेका थिए। गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स ९आइक्यास० का सिइओ समीर थापाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा विशेष अतिथि, अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं बालबालिकाका अभिभावकको पनि उपस्थिति थियो। निर्णायकमा समाजसेवी सीता शर्मा, गायिका दिलकुमारी खाँड, पोखरा लेडी जेसिज अध्यक्ष सुनिता भण्डारी, पत्रकार एवं गीतकार आरजू विष्ट सल्यानी, गायक रामप्रसाद गुरुङ, कलाकार एवं समाजसेवी बुद्ध तामाङ थिए । कार्यक्रमलाई विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति र उत्साहजनक वातावरणले थप आकर्षक बनाएको थियो।

प्रतियोगिताले बालबालिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई भविष्यमा ठूला मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। आइक्यासको विशेष सहयोग रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपेन्द्र शाही ‘देवेन्द्र’ ले गरेका थिए। गत वर्ष पोखरा चाइल्ड स्टार सिजन–४ को उपाधि पोखरा पब्लिक स्कुलका प्रवीन श्रेष्ठ र सेन्ट मेरी स्कुलकी आइरा गुरुङले जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0