पोखरा, १३ वैशाख । गण्डकी प्रदेश गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रले समाजमा नकारात्मकता भन्दा सकारात्मक सोच र भावना फैलाउनु पर्नेमा जोड दिनुभएको छ। रेडियो अन्नपूर्णको २५औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पाण्डेले लोकतन्त्रको स्थायित्व र आगामी पुस्ताका लागि स्वस्थ समाज निर्माण गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

विज्ञापन नीति र संघीयताको मर्म

मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन उपलब्ध नगराउने गरी गरेको परिपत्रप्रति असहमति व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो: “गण्डकी प्रदेश सरकारले आफ्नो कानुन अनुसार सञ्चालन गरिरहेका कार्यक्रमहरूलाई सङ्घीय सरकारको एउटा परिपत्रले रोक्न मिल्दैन। यो संघीयताको मर्म र भावना विपरित छ।” उहाँले प्रदेश सरकार सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको र सङ्घीय सरकारसँगको भेटमा पनि यो विषयलाई गम्भीरताका साथ उठाइएको जानकारी दिनुभयो।

निजी क्षेत्रसँगको प्रतिस्पर्धा

सरकारी सञ्चार माध्यमहरूले पनि निजी क्षेत्रसँग प्रतिस्पर्धी भएर आफूलाई अगाडि बढाउनु पर्ने मुख्यमन्त्रीको धारणा थियो। केवल सरकारी ढुकुटीको भरमा मात्र सञ्चार संस्थाहरू दीर्घकालसम्म टिक्न नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो कि निजी क्षेत्रलाई निषेध गरेर होइन, उनीहरूसँग प्रतिस्पर्धा गरेर नै संस्थाको विकास सम्भव छ।

सामाजिक सञ्जाल र सत्यताको चुनौती

पछिल्लो समय सामाजिक सञ्जालमा आउने सबै सूचनाहरू समाचार नभएको र ती सबै सत्य नहुने भन्दै उहाँले सचेत गराउनुभयो। रेडियो र प्रिन्ट मिडियाका अगाडि थपिएका, चुनौतीहरूलाई चिर्दै प्रविधि र जनचाहना अनुसार अघि बढ्न उहाँले सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो।

सरकारको आलोचना र रचनात्मक सुझाव

मुख्यमन्त्री पाण्डेले सरकारका कमीकमजोरीहरूलाई औँल्याउन र सचेत गराउन सञ्चार माध्यमहरूलाई आह्वान गर्नुभयो। “सरकार सञ्चालनका क्रममा देखिएका त्रुटिहरूलाई नकेलाउनुस् भन्दिनँ, तर समाजमा नकारात्मक सोच फैलाउँदा त्यसले हाम्रो लोकतन्त्र र भावी सन्ततिलाई कस्तो असर गर्छ भन्नेतर्फ पनि सचेत रहन आवश्यक छ,” उहाँले भन्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रारले प्रदेशमा आम सञ्चार विधेयक पारित भइसकेको र सोही बमोजिम सञ्चार जगतको नियमन र सहजीकरण भइरहेको जानकारी दिनुभएको थियो। उहाँले भन्नुभयाे, ‘हामी नीजि सञ्चार माध्यमलाई सँगै अगाढी बढान चाहिरहेकाे रर यसका लागि सल्लाह पेस गर्न अनुराेध गर्नुभयाे । सँस्थापक स्टेशन म्यानेजर प्रकाश सायमीले रेडियाेकाे स्थापनाकालका कुराहरु सुनाउनु भयाे । रेडियाेकाे जहिले पनि बाँचिरहने साधन भएकाेले हताेत्साहि हुनुपर्ने जरुरी नभएकाे बताउनु भयाे । बरु सरकारले निजी क्षेत्रलाई सहज हुने वातावरण तयार गर्नुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा पूर्व स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठ रेडियाेमा काम गर्दाका दुई दशका कुराहरुकाे स्मरण गराए । विशेषगरी सामाजिक क्षेत्रका कामले रेडियाेकाे छवि उच्च बनाएकाे गर्व लाग्ने काम भएकाे बताउनु भयाे ।
रेडियाेका अध्यक्ष विश्वशंकर पालिखेले रेडियाे जानि नजानि खाेलिएकाेमा हाल कमाउने भन्दा समाजिक सेवामा तल्लिन रहेकाे बताउँदै याे सेवा कायम रहिरहने बताउनु भयाे । मेराे चाहना रेडियाे तपाईहरु हाे, समाजकाे हाे र यसलाई सबैले मिलेर बचाईरहनु पर्छ । रेडियोका समाचार प्रमुख आरजु बिष्ट “सल्यानी”ले रेडियो स्थापना  सहित समाचार प्रसारण गर्दाको समय स्मरण गर्नुभयाे । उहाँले रेडियोले सामाजिक कार्य सहित हाल सम्म प्रसारण भएका कार्यक्रमको बारेमा जानकारी गराउनु भयाे ।
रजत वर्षको अवसर पारेर रेडियोले स्मारिका समेत प्रकाशन गरेको छ । स्मारिकाको मुख्य मन्त्री, गण्डकी सुरेन्द्रराज पाण्डे, रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखे, प्रबन्ध निर्देशक सुनयना पालिखे र संस्थापक स्टेशन म्यानेजर प्रकाश सायमीले संयुक्त्त रुपमा विमाेचन गर्नुभएकाे थियाे । कार्यक्रममा रेडियोलाई विभिन्न माध्यमबाट सहयोग गर्ने तथा पोखरामा सक्रिय व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । रेडियोले प्रत्येक बर्ष प्रदान गदै आइरहेको ‘बेष्ट स्टाफ अफ द इयर’ मार्फत नारायण पौडेल सम्मानित हुनुभयाे । कार्यक्रमको सञ्चालन स्टेसन मेनेजर सन्जय कुमार मल्ल र कञ्चन थापाले गर्नुभएकाे थियाे।  यो सँगै रेडियाेले २५ औँ वर्षकाे अवसर पारेर  २०८२ बैशाख देखि आयोजना गरेको १२ महिना १२ कार्यक्रम समेत सम्पन्न भएको छ । प्रवन्ध निर्देशक सुनयना पालिखेकाे अध्यक्षतामा भएकाे रजत महाेत्सकाे समापनमा उहाँले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0