पाेखरा २१ मङ्सिर। रेडियाे अन्नपूर्णकर्मि राजाराम पौडेललाई राजाराम पौडेललाई तीर्थसागर स्मृति पत्रकारीता पुरस्कार अर्पण गरिएको छ ।

शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति गण्डकीको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा सिम गुरुङ द्वारा स्थापित पुरस्कार पौडेललाई प्रदान गरिएको हो ।

सोही कार्यक्रममा नवलपुरकी कलाकार शिवु गिरीलाई सरीता गायक र दिलिप गायकद्वारा स्थापित नरबहादुर परियार स्मृति कलाकारीता पुरस्कार र प्रतिष्ठान म्याग्दीका सचिव करण कँडेललाई शेरबहादुर गुरुङ र गंगा गुरुङ उच्च शिक्षा पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्वअध्यक्ष प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सचिव घनश्याम रिजाल, प्रतिष्ठान गण्डकी अध्यक्ष राजन कार्की, लगायतले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापति पराजुलीले संस्थामा गरेको योगदानको मुल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कार्यसमिति चयन भईसकेपछि गुनासो गर्नुभन्दा  अधिवेशनको समयमा नै सोच विचारसहित मत दिन आग्रह गरे ।

प्रतिष्ठानका पुर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिनिधि चयन गर्दा लापरबाही नगर्न आग्रह गरे । उनले साँच्चै नै गीत संगीतमा योगदान दिएका व्यक्ति समेटिनु पर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण, सचिव जिवन दाहाल, सचिव घनश्याम रिजाल, सचिव शंकर विरही गुरुङ, पुर्वउपमहासचिव चोलेन्द्र पौडेल, सल्लाहकार तथा संरक्षक याम बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, प्रतिष्ठान नवलपुरका अध्यक्ष बुद्धिनाथ घिमिरे लगायतले बोलेका थिए ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामजी पौडेलले गरेका थिए ।

लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको अध्यक्षमा माया गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । शनिबार पोखरा न्युरोडमा रहेको सिटी पार्टी प्यालेसमा आयोजित तेस्रो अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएकी हुन् । प्रथम उपाध्यक्ष,  महिला उपाध्यक्ष र सह कोषाध्यक्ष पद बाहेक अन्य पदाधिकारी र कार्यसमिति सदस्य पदमा निर्विरोध भएको थियो  ।

जस अनुसार वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, द्वितीय उपाध्यक्षमा होम गुरुङ, सचिवमा कृष्ण सुवेदी, महिला सचिवमा सुनिता नेपाली, कोषाध्यक्षमा टौ सुबा गुरुङ  सविना, सह सचिवमा टेक बहादुर क्षेत्री निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत नारायण शर्माले जानकारी दिए  ।

यसैगरी कार्यसमिति सदस्यमा प्रीति गुरुङ लमजुङ, सरला अधिकारी तनहुँ, कमला गैह्रे स्याङ्जा, किसान नेपाली कास्की, भानुभक्त पौडेल कास्की, दीपक गदाल पर्वत, नेत्र खड्का स्याङ्जा, सुनिमा गुरुङ गोरखा, सूर्य गुरुङ स्याङ्जा, राम प्रसाद ढकाल कास्की, पुजा परियार सेर्पा लमजुङ, पुजा गुरुङ सविता लमजुङ, पुजा कार्की पर्वत, राज बहादुर गुरुङ  लमजुङ, विक्रम गुरुङ  स्याङ्जा , मदन अर्याल नवलपुर, दिनेश थापा गोरखा र विष्णु कुमार वाग्ले नवलपुर सर्वसम्मत भएको निर्वाचन अधिकृत शर्माले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0