पोखरा, २४ भदौ । पोखरा ४ गैह्रापाटनमा रहेकाे प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा ‘ओपन डान्स कम्पिटिसन’ (खुल्ला नृत्य प्रतियोगिता) आज बुधबारदेखि सुरु भएको छ।

“The Stage Is Yours” भन्ने नाराका साथ विद्यालयको कलात्मक हलमा आयोजित प्रतियोगिता उत्साहजनक रूपमा अगाडि बढेको हो।

प्रतियोगिताको पहिलो दिन आज बुधबार दुईवटा चरणका प्रितस्पर्धाहरू भएका छन्। जसअन्तर्गत पहिलो चरणमा कक्षा ६ देखि ८ सम्मका र दोस्रो चरणमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूबीच नृत्य प्रतिस्पर्धा गराइएको थियो। विद्यार्थीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै मञ्चमा आ-आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

बिहीबार साना विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच रोचक नृत्य प्रतिस्पर्धा हुने जानकारी विद्यालयका शिक्षक सुरेन्द्र सदिच्छाले गराउनुभएको छ।

विद्यालयले विद्यार्थीहरूमा रहेको अन्तर्निहित कला र नृत्य प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले यो बृहत् प्रतियोगिता आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0