पोखरा, २५ असोज । कास्की पोखरा हस्तकला संघको १५ औं साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

स्वस्तिक हस्तकला उद्योग पोखरा १ बागबजारमा संघका अध्यक्ष तथा सीता गुरुङको अध्यक्षतामा भएको सभाले वार्षिक प्रतिवेदन, सचिव पम्फा थापा तथा कोषाध्यक्ष रजनी कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

अध्यक्ष सीता गुरुङले सहभागिलाई स्वागत गर्दै कठिन परिस्थिति उत्पन्न भएता पनि त्यसलाई उद्यमशिलता र उत्साहको दिशातर्फ लैजान आवश्यक भएको बताईन् । उनले भनिन् हामी हतासिन हुँदैन, काममा निरन्तर लागौं ।

स्थापनाको १५ औं साधारण सभासम्म आउँदा उद्यमीहरु अँझ जागरुक भएर गुणस्तरिय उत्पादनमा जोडिन आग्रह गरिन् । हस्तकलाको सिप विकासका लागि संघले विभिन्न समयमा तालिम दिईरहेको बताईन् ।

हालै आकर्षक डिजाईनसहितका विभिन्न स्वरुपका ममबत्ति बनाउने तालिम सम्पन्न गरिएको र चाडपर्व लक्षित ममबत्ति पनि उत्पादन गरिएकोले तिहारको बेलामा दिदिबहिनीले उत्पादन गरेका सामग्रीहरुको वजारिकरण सघाउन अनुरोध गरिन् ।

भदौ २३ र २४ गतेको जेन्जि पुस्ताको आन्दोलनको कारण व्यावसायीक क्षेत्रमा नकारात्मक असर परेकोले हस्तकला व्यवसायको संरक्षण, प्रवर्धन र हकहितको लागि एकजुट भएर अघि बढ्न आवश्यक भएको बताईन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले यस क्षेत्रको उद्यमशिलता, सिप हस्तान्तरण र विकासका लागि संघको योगदान महत्वपूर्ण रहेको बताए । अहिले पोखरा महानगर तथा वडाहहरुले विभिन्न सिप सिकाईका तालिमहरु ल्याईरहेको बताउँदै सिप सिकेर आत्मनिर्भर हुने बाटोमा लाग्न आग्रह गरे ।

वडाले पनि सिपमूलक तालिम सञ्चालन गर्ने भएकोले समन्वयमा रहन आग्रह गरे । उनले आवश्यक परेका तालिमहरुको लागि कार्ययोजना ल्याएमा वडाको तर्फबाठ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्तानयि हस्तकलाका सामग्रीको वजारिकरणमा जोड दिदैं अझैं गुणस्तरिय उत्पादनमा जोड लिईन् । गौतमले सिप सिकाई र आत्मनर्भिर बनाउने योजनाहरु ल्याउन तीनै तहका सरकारहरु लाग्नु पर्नेमा जोड दिईन् । उनले पोउवाको तर्फबाट संघको वस्तुतगत सदस्य रहेको पोखरा हस्तकला संघलाई आवश्यक परेको बेलामा सहयोग गर्ने बताईन् ।

भदौ २३ र २४ गतेको जेन्जि आन्दोलनको क्रममा क्षति भएको वडा नं १ को भवनमा आवश्यक सहयोग गरेका तथा संघले सम्मान गरेका पोखरा इक्ट्रिकल क्लवका अध्यक्ष अमृत पोखरेलले सामाजिक उत्तरदायित्व अन्र्गत संस्थाले सहयोग गरेको र आगामी दिनहरुमा पनि संस्थाले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव पम्फा थापाले हस्तकलाका सामग्रीको वजािरकरणमा सघाउन आग्रह गरिन् । उनले वर्ष २०८२, ०८३ का लागि गरिने कार्यक्रमहरुको जानकारी दिईन् । सदस्यहरु ब्ृद्धि गर्ने, तालिम दिने, स्थानिय कच्चा पदाथएको पहिचान र उत्पादनमा बृद्धि गर्ने, अवलोकन भ्रमण गर्ने, मैत्रीपूर्ण भेटभाट, सचेतनाका कार्यक्रम गर्ने, उद्याेग तथा व्यावसायीक क्षेत्रको भ्रमण र पोखरा हस्तकलासंघमा हाल ४२ जना सदस्य रहेका छन् ।

यसपटक नयाँ तीनजना थपिएका छन् । उनीहरुमा रजनी चापागाई, मीम कुमारी श्रेष्ठ र अनिता मर्सानी पौडेल रहेका छन् भने सदस्यताको प्रमाण पनि प्रदान गरिएको छ ।

सचिव पम्फा थापाले संचालन गरेको कार्यक्रममा सहभागिहरुलाई उपाध्यक्ष गोमा ढकालले धन्यवाद ज्ञापन गर्दै हस्तकलाका सामग्रीको वजारिकरणमा सबैले आ आफ्नो ठाउँबाट सघाउन अनुरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0