काठमाडाैं, २ कार्तिक । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
भदौ २ गते (सोमबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भाग लगायत देशको बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भु-भागको एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
रातीः कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
भदौ ३ गते (मङ्गलबार)
दिउँसोः देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाड र तराइ साथै कोशी प्रदेशको पहाडी भू-भाग केही स्थानहरूमा र मधेश प्रदेश र कोशीको तराइको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाड र तराइ साथै कोशी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भु-बागका एक दुइ स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ।
रातीः कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि परामर्श
कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?