पोखरा, २५ असोज । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक दौड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार पोखरामा भएको विद्यालय स्तरीय १६ बर्ष मुनिको ५ किमि छात्र छात्रा मासिक दौड प्रतियोगितामा छात्रतर्फ ईश्वर पुर्जाले उपाधि जित्न सफल भए भने छात्रातर्फ एन्जिला जिटिले उपाधि हात पारिन् ।

पुर्जाले निर्धारित दूरी १६ मिनेट ३६ सेकेन्डमा पुरा गरे भने जिटिले २१ मिनेट १२ः०१ सेकेन्डमा पुरा गरिन । त्यसै गरी छात्रतर्फ बसन्त रानामगर दोस्रो भए उनले निर्धारित दूरी १७ मिनेट ०५ सेकेन्डमा पार गरे भने तेस्रो भएका रबिन तामाङ्गले निर्धारित दुरि १७ मिनेट ०६ सेकेन्डमा पार गरे ।

त्यस्तै छात्रातर्फ दोस्रो हुन सफल ममता नेपालीले निर्धारित दुरि २४ मिनेट २२ः०३ सेकेन्डमा पार गरिन् भने तेस्रो हुन सफल शिवानी हमालले निर्धारित दुरि २५ मिनेट ३६ः०४ सेकेन्डमा पार गरिन् । पोखरा रंगशालाको फुटबल मैदानबाट शुरु भएको दौड पोखराका बिभिन्न भागहरुको परिक्रमा पछि सोही स्थानमा आएर समाप्त भएको थियो ।

दौडमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा हाल सम्म दौडमा पाँच पटक सहभागिता जनाउने सञ्जल रोका, रश्मि परियार, प्रत्युस बस्नेत, आयुस सुनार, बसन्त नेपाली, बिबिस घर्ती पुनलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

यस अघि सो दौडको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकण कार्कीले गरेका थिए । कार्यक्रम नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।

विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष गुरूङ, संस्थापक अध्क्षय खड्क रानाभाट मासिक दौडका संयोजक तेजबहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सचिव महेश पौडेल लगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0