
पाेखरा, २९ जेठ । नेपालमा पहिलोपटक छालाको स्वास्थ्यप्रति जनचेतना फैलाउने उद्देश्यले “फार्मा समर क्याम्प” आयोजना गरिने भएको छ।
म्याजिक मेडिकेयरको आयोजनामा हुने यो कार्यक्रम जेठ ३० गते बिहान ८:०० बजेबाट पोखराको प्रगतिमार्गस्थित म्याजिक मेडिकेयरमा सञ्चालन हुनेछ।
गर्मी मौसममा बढ्दो छालासम्बन्धी समस्या र त्यसमाथिको जनचेतनाको अभावलाई ध्यानमा राख्दै आयोजना गरिने कार्यक्रममा छालाको सुरक्षा, सन्तुलित हेरचाह र सही उत्पादनको छनोटबारे जानकारी दिइनेछ।
“यो गर्मी मा,”Healthy Skin, Happy Life”:” भन्ने नारासहित सञ्चालन हुने कार्यक्रममा छाला रोग सम्वन्थि जानकारी र सहभागीहरूले सनस्क्रिन, मोइस्चराइजरलगायतका अन्य छालासम्बन्धी उत्पादनहरूमा विशेष छुटसमेत प्राप्त गर्नेछन्।
कार्यक्रमकोम छाला तथा याैन रोग विशेषज्ञ डा. मुना बिस्टद्वरा बिरामि जाँच तथा परामर्श दिइनेछ। उनले गर्मीयाममा छालाको रेखदेख र समस्या समाधानका उपायहरूबारे जानकारी दिनेछन्।
आयोजक म्याजिक मेडिकेयर का सचालक सुवर्णराज पन्तका अनुसार, यो कार्यक्रम गर्मी याममा छालाको उचित स्याहार, चिकित्सकको परामर्श र स्वास्थ्य सचेतनालाई समुदायमा फैलाउने दीर्घकालीन उद्देश्यसहित ल्याइएको हो।























