काठमाडौं, २९ असोज । नेपाली स्थानीय बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १,१०० ले घटेर रु दुई लाख ८८ हजार ४०० कायम भएको छ। अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य प्रतितोला रु २२० ले घटेर रु चार हजार ३५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला रु चार हजार २५५ मा बिक्री-वितरण भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0