Home विश्व आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द

आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द

आलोचनापछि मृत्युदण्ड ‘प्रत्यक्ष प्रसारण’ गर्ने योजना ट्रम्पद्वारा रद्द

वासिङ्टन, ३० असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हान्ने दोषीलाई ‘फायरिङ स्क्वाड’ द्वारा दिइने मृत्युदण्डको लाइभ स्ट्रिम नगरिने बताउनुभएको छ । रक्षामन्त्री पीट हेगसेथको विवादास्पद योजना उहाँले रद्द गर्नुभएको हो । निदाल हसनको मृत्युदण्ड ‘लाइभ स्ट्रिम’ गर्ने योजना स्वदेश र विदेशमा व्यापक विरोध भएको थियो ।

अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, अधिकार समूह र संयुक्त राष्ट्र सङ्घले आक्रोश व्यक्त गरेका थिए । यो रद्द गर्ने निर्णय हेगसेथका लागि ठूलो झटका हो । उहाँ पहिले नै इरान युद्धको गतिरोध र त्यसको असरका कारण आलोचित हुनुहुन्छ । यसले आगामी मध्यकालीन चुनावमा रिपब्लिकन पार्टीको सम्भावनामा असर पार्दैछ ।

हसन ‘निर्धारित समयमा ‘फायरिङ स्क्वाड’ बाट मर्नेछन् तर यो घटना प्रत्यक्ष देखाइने (प्रसारण गरिने) छैन,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेख्नुभएको छ । अमेरिकी राष्ट्रपतिले व्यक्तिगत रूपमा प्रत्यक्ष देखाइने योजनाको विरोध नगरेको सङ्केत दिनुभयो । उहाँले भन्नुभयो, “यसले संसारलाई देखाउन सक्थ्यो कि अमेरिका आतङ्कवादी र हसनजस्ता फोहोरसँग कसरी व्यवहार गर्छ ।”

तर “धेरै राम्रा र राम्रो नियतका मानिसहरू उहाँको मृत्यु हेर्न चाहँदैनन्,” ट्रम्पले भन्नुभयो । उहाँले थप्नुभयो, “पीडितका नजिकका परिवारले चाहेमा प्रत्यक्ष रूपमा मृत्युदण्ड हेर्न सक्नेछन् ।” सन् २००९ मा १३ जनालाई गोली हानेको फोर्ट हुड, टेक्सासमा डिसेम्बर ३ का लागि निर्धारित हसनको मृत्युदण्ड सन् १९४५ पछि अमेरिकी सैन्य ‘फायरिङ स्क्वाड’ बाट हुने पहिलो मृत्युदण्ड हुनेछ ।

हेगसेथले गत साता लाइभ स्ट्रिम गर्ने योजना भएको पुष्टि गर्दै भन्नुभएको थियो, “हामी सुनिश्चित गर्नेछौँ कि मानिसहरूले हेर्न सकून्, यो सार्वजनिक होस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here