पेरिस, फ्रान्स, ३० असोज । रेकर्ड समुद्री तापक्रम बढाउने ‘सुपर एल निनो’ विश्वका कमजोर ‘कोरल रिफ’ का लागि भयानक खतरा बनेको संयुक्त राष्ट्रसङ्घको प्रकृति विशेषज्ञहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घका प्यानलका अध्यक्षले ‘सुपर एल निनो’ विश्वका कमजोर ‘कोरल रिफ’ का लागि भयानक खतरा बनेको एएफपीलाई बताए ।

समुद्री वैज्ञानिक डेभिड ओबुराका अनुसार उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा बलियो बन्दै गरेको असाधारण एल निनो ढाँचाले कमजोर कोरल प्रजातिहरूलाई विलुप्तितर्फ अझ नजिक पुर्‍याउन सक्छ । कोरल तापप्रति संवेदनशील हुन्छन् र जलवायु परिवर्तनप्रति विशेष रूपमा कमजोर छन् जसले विश्वका महासागरहरू तातो बनाउँदै र हानिकारक ‘ब्लीचिङ’ (रङ वा स्वरूप परिवर्तन) हुने घटनाको आवृत्ति तथा तीव्रता बढाइरहेको छ ।

यस वर्षको एल निनोले ‘थप भयानक जोखिमको तह’ थपेको छ”, ओबुरा भन्नुहुन्छ । उहाँ केन्याका सामुद्रिक पत्थर विशेषज्ञ र जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसङ्घको वैज्ञानिक प्यानल आईपीबीईएसका अध्यक्ष हुनुहुन्छ । प्राकृतिक जलवायु चक्रको तातो चरण मानिने एल निनो घटनाले अस्थायी रूपमा विश्वव्यापी तापक्रम बढाउँछ, बादल र हावाको ढाँचा परिवर्तन गर्छ र हानिकारक मौसमको जोखिम बढाउँछ ।

विश्वव्यापी पूर्वानुमानकर्ताहरूले यो घटना रेकर्डमा सबैभन्दा बलियो हुने अपेक्षा गरेका छन् र प्रशान्तका केही भागमा समुद्री सतहको तापक्रम अपेक्षित चरम विन्दुभन्दा महिनौँअघि नै सर्वकालीन उच्च पुगिसकेको छ । यसले ओबुरालाई धेरै चिन्तित बनाएको छ । उहाँले सन् १९९७–९८ को अघिल्लो सुपर एल निनोको हानिकारक प्रभाव सम्झिँदै भन्नुभयो, “तीनवटा बीचका विश्वव्यापी ‘ब्लीचिङ’ घटनापछि यो आउने घटना त्योभन्दा खराब हुनु भयानक वास्तविकता हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0