पोखरा, २ पुस । पाेखरा लामाचाैरस्थित गण्डकी बोर्डिङ स्कुल (GBS) को तीनदिने वार्षिक खेलकुद महोत्सव २०८२ आजबाट सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका उपमहानिरीक्षक (DIG) दिनेश कुमार आचार्यले महोत्सवको उद्घाटन गरेका हुन्।

राष्ट्रिय विद्यालय गण्डकी देशको गौरवशाली विद्यालय रहेको र यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु धेरै क्षेत्रमा कार्यकुशलताकासाथ नेतृत्वदायी भूमिका निर्वाह गरेको हामीले पाएका छौं आचार्यले भने । हामीलाई समयको माग अनुसारको शिक्षा चाहिन्छ, शिक्षा सिपमूलक, वैज्ञानिक र समय सामपेक्ष हुनुपर्ने बताए ।

डिआईजी आचार्यले अध्ययनको साथमा विद्यार्थीहरुका लागि खेलकुद अति आवश्यक भएको बताए । खेलकुदले जीवनको सर्वाङ्गिण विकासमा टेवा पुग्दछ । उनले भने, खेलले शारिरीक र मानसिक रुपमा तन्दुरुस्त बनाउछ । साथै खेलले अनुशासन र भातृत्व कायम राख्नमा उद्यत पुर्याउछ ।

विद्यालयका प्रचार्य डा विश्वयुधिर पाैडेल घर्तीले विद्यालयले यस वर्षको खेलकुद महोत्सवलाई “Igniting Minds, Celebrating Talents” (प्रतिभाको उत्सव, सोचको प्रज्वलन) नारासहित आयोजना गरिएको बताए । उनले खेलकुद गतिविधिले विद्यार्थीहरूमा अनुशासन, सिर्जनशीलता, सामूहिक कार्य, सांस्कृतिक चेतना तथा जीवन उपयोगी सीप विकास गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्राचार्य घर्तीले खेलकुद शिक्षा कक्षाकोठाभन्दा बाहिरको सिकाइको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै मन र शरीर एक–अर्कासँग जोडिएको बताए। खेलकुदले लक्ष्य निर्धारण, चुनौतीकाे सामना, नियमको सम्मान र उपलब्धिका लागि निरन्तर प्रयास गर्ने संस्कार विकास गर्ने धारणा व्यक्त गरे ।

हार–जीतभन्दा पनि सहभागिताबाट प्राप्त हुने सीप र अनुभव नै सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गरे । उनले यस अवसरमा सहभागी सबै विद्यार्थीलाई विजेताका रूपमा सम्मान गरिएको भावना व्यक्त गरे ।

गण्डकी बोर्डिङ स्कुलले सर्वाङ्गीण शिक्षामा विश्वास गर्ने उल्लेख गर्दै खेलकुद विद्यालय संस्कृतिको अभिन्न हिस्सा भएको स्पष्ट पारे । विद्यालयले सबै सहभागी विद्यार्थीलाई नियमको पालना, निष्पक्ष खेल भावना र विद्यालयको गरिमाको सम्मान गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

कार्यक्रमको क्रममा मातृ शिशु मित्रि अस्पताल, बाटुलेचौरलाई चिकित्सकीय सहयोगका लागि तथा नवआदर्श क्लब, लामाचौरलाई एम्बुलेन्स सेवाका लागि धन्यवाद व्यक्त गरे । साथै शिक्षक, प्रशिक्षक, कर्मचारी, विद्यार्थी नेतृत्व र अभिभावकको सहयोगप्रति आभार प्रकट गरे ।

विद्यालयमा बिहिबारसम्म खेलकुदका विभिन्न स्पर्धाहरु हुनेछन् । शुक्रबार शैक्षिक प्रदर्शनी तथा फन फेयर हुने भएकाे छ । साथमा वार्षिक सांस्कृतिक कार्यक्रम गरिने भएकाे छ ।

फाेटाे फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0