पोखरा २४ असार । सानीमा जिआईसी इन्स्योरेन्स लिमिटेडले पोखराका ३ वटा विद्यालयलााई ३ लाख २५ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभूत विद्यालयमा १ लाख ३५ हजार रकम बराबरको १५ सेट फलामे डेस्क तथा बेन्च हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नंं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, विशेष अतिथि नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र, सानीमा जिआइसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शुधुम्नप्रसाद उपाध्ययले विद्यालयका प्रअ रुद्रबहादुर रानाभाट र व्यवस्थापन समिति अध्यक्ष बलबहादुर कार्कीलाई डेस्क तथा बेन्च सामग्री हस्तान्तरण गरे ।

त्यस्तै नम्बर १० कुडँहरमा रहेको कुडँहर आधारभुत बिद्यालयमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई मध्यजर गरी रु. ९० हजार रकम बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ्ग, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्र र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सेनाले प्र.अ नन्दकिशोर बराललाई शैक्षिक सामग्री हस्तान्तरण गरे । कार्यक्रममा वडा नं. १० का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानीय, बिद्यार्थी तथा सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीका कर्मचारी सहितको उपस्थिति थियो ।

वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभुत बिद्यालयमा रु. १ लाख रकम बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तिर्थबहादुर सुयल, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रम्ख शम्भुप्रसाद मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारनयणप्रसाद पाण्डे, प्रअ ढुन्डीराज पौडेल र निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चलन सस्थांका कर्मचारी अनिस रन्जीतले गरेका थिए । कार्यक्रमका अतिथिहरुले यस्ता खालका कार्यक्रमहरुले निम्म आयस्रोत भएका विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा सकारात्मक प्रभाव पार्ने बताए ।

नेपालको निर्जिवन बीमा क्षेत्रमा बिगत ८ बर्ष देखि निर्जिवन बीमा सेवा प्रदान गर्दै आइरहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तरगत विद्यालयलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0