काठमाडाैं, २३ साउन । हिमालयन अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ २६ गतेदेखि आयोजना हुने नाईमा अटो एक्स्पोमा चीनको बहुप्रतिष्ठित ब्रान्ड डोङफेङ (DONGFENG) का बसहरू सार्वजनिक गर्ने भएको छ। कम्पनीले एक्स्पोमा दुईवटा मोडलका बसहरू प्रदर्शनमा ल्याउने जानकारी दिएको छ। नेपाल सरकारले ठूला विद्युतीय बसहरूलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि ठूला बसको माग बढेकाले आयाम इन्टरकन्टिनेन्टलले डोङफेङ ब्रान्डका बसहरू भित्र्याएको हो। यसअघि हिमालयन अर्गनाइजेसनले भारतको फोर्स मोटर्स र चीनको साइक (SAIC) ग्रुप अन्तर्गतको म्याक्सस (MAXUS) ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको छ। सार्वजनिक हुने बसका विशेषता र आगामी योजना:
  • एक्स्पोमा सार्वजनिक हुने मोडल: ७.२ मिटर लम्बाइ भएका २६ देखि ३० सिट क्षमताका बसहरू प्रदर्शनीमा राखिनेछ।
  • भविष्यको योजना: निकट भविष्यमै ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट क्षमता भएका बसहरू पनि नेपाल ल्याइनेछ।
  • मूल्य र अफर: बसको आधिकारिक मूल्य एक्स्पोमै सार्वजनिक गरिने भए पनि बजारमा उपलब्ध अन्य ब्रान्डका बसहरूभन्दा निकै कम मूल्य हुने कम्पनीले जनाएको छ। साथै, एक्स्पोमै बुकिङ गर्ने ग्राहकलाई विशेष छुटको योजना समेत राखिएको छ।
  • बिक्रीपछिको सेवा: नेपालभर रहेका हिमालयन अर्गनाइजेसनका शाखा तथा डिलरहरूमार्फत उत्कृष्ट बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र स्पेयर पार्ट्स उपलब्ध गराइनेछ।
सन् १९६९ मा स्थापित चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ अटोमोबाइल क्षेत्रको अग्रणी कम्पनी हो। जसका सवारी साधन विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएका छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0