काठमाडाैं, २७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट शेयरधनीहरूलाई ५० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि क्यापिटलले आफ्नो दशौं वार्षिक साधारण सभासमेत आह्वान गरिसकेको छ। सभा आगामी २०८३ साल भाद्र २६ गते शुक्रबारका दिन बिहान ९ बजे थापाथलीस्थित आफ्नै रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ।

उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरिनेछ।

यसैबीच, क्यापिटलले आफ्नो सेवालाई थप प्रविधिमैत्री र सर्वसुलभ बनाउन “अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाईनमा” भन्ने मूल नाराका साथ कार्य गरिरहेको जनाएको छ।

यसै रणनीतिअनुसार संस्थाले प्रदान गर्ने अधिकांश सेवाहरू अनलाइनमार्फत नै उपलब्ध गराउने व्यवस्था मिलाउन सफल भएको क्यापिटलले दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0