काठमाडौं, २६ साउन । सरकारले मन्त्रिपरिषद् बैठकका प्रमुख ५ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार बसेको बैठकका निर्णयहरूबारे जानकारी दिएका हुन्।

बैठकले गरेका मुख्य निर्णयहरू यस प्रकार छन्:

  • कर छुट: नेपालमा उत्पादन हुने वा पैठारी गरिने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा छुट दिने।

  • शहीद घोषणा: सुनसरी र सिराहा प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई शहीद घोषणा गर्ने।

  • काउन्सिलर कार्यालय: पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति प्रदान गर्ने।

  • नियुक्ति: वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने।

  • प्रतिवेदन सार्वजनिक: पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित ‘एनसेल सेयर खरिद–बिक्री अध्ययन तथा छानबिन प्रतिवेदन २०८०’ सार्वजनिक गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0