पोखरा, १५ मंसिर । जेनजी अभियन्ता तथा हामी नेपालका अध्यक्ष सुधदन गुरुङलाई पोखरामा सोमबार सम्मान गरिएको छ ।

तमु छोंज धिं गुरुङ राष्ट्रिय परिषद कास्कीले गुरुलाई एक सम्मान कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
परिषदसहित पोखरामा रहेका विभिन्न तमु समाजका अगुवा, प्रतिनिधि, जेनजी गण्डकीका प्रतिनिधिहरुले खादा, माला लगाएर उनलाई सम्मान गरेका हुन् ।

देशमा भदौ २३ र २४ गतेको आन्दोलन पछिको अवस्थालाई सामान्य बनाउन र मुलुकलाई बचाउन अरु कोहि अग्र भागमा नदेखिएको बेलामा हरक्षेण वार्ता, सहजिकरणमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएका उनलाई सम्मान गरिएको परिषदले जनाएकाे छ ।

परिषदकी कास्की अध्यक्ष सीता गुरुङकाे अध्क्षतामा भएको समारोहमा सम्मान ग्रहण गरेका प्रमुख अतिथिसमेत रहेका गुरुङले भाषण र शासनले मात्रै मुलुक नबन्ने बताए । हामीले धेरै प्रकार सरकारहरुको काम हेरिसक्यौं । जहिले पनि भाषण, शासन र आश्वासन मात्रै पायौं । देशमा केहि पनि नभएको त भन्दिन म तर हुनुपर्ने काम चाँहि नभएकाेले त्यसैकाे कारण जेनजीहरु आन्दोलनमा होमिनु परेको उनले बताए

अहिले अवसरवादीहरु सल्लाहकारहरु भएका छन् । हाम्रो गृहमन्त्री ओम प्रकाश अर्याल भाईहिनीहरुको रगत लतपतिएको कुर्सिमा बसेका छन् । उनले परिवर्तनको बेलामा सहि सल्लाह नदिएर गलत काम गरेको बताए । मैले प्रधानमन्त्रीको पद त्यागेको हुँ । देश कता जाला भन्ने चिन्ताले पदलाई त्यागेर देशमा अमनचयन कायम गराउन तत्पर भएर लागेको हुँ उनले भने ।

अहिले देश बनाउने हाम्रा हातहरु छैनन् । गाउँ र शहर रित्ता हुन थासिके । उनले भने, घरमा विरामी आमा बाबा छन् । उनीहरु विरामी पर्दा अस्पताल लैजाने छोराछोरी विदेशमा छन् । हामीलाई विदेशीनु पर्ने वाध्यता खडा गरिएको छ तर देशमा रोजगार छैन, शुसासन छैन र भ्रष्टाचार रोकिएको छैन । यसैका लागि हाे हामीले लडेकाे ।

हामीले देशमा भएका बिसंतीको विस्द्ध आवाज उठाएका हौं । अब पनि हामी थाकेर बस्ने बेला छैन । देश परिवर्तन नगरिकन बस्नु हुँदैन । परिवर्तन गरेरै छोड्ने हो । उनले आफ्नो बारेमा अफवाह फैलाएको, विदेशी भनेको तर उनीहरु गहिराईमा गएर यही देशको धर्तिपूत्र भएकाे यथार्त बुझ्नबाट टाढा भएको बताए । उनले भने, यो शिर कहिल्यै झुकाउने छैन । धर्ति माताका लागि मर्न पनि तयार र जेल हाल्छु भन्नेहरुलाई जेल जान तयार रहेको भन्दै चुनौती दिए ।

परिषदका केन्द्रिय उपाध्यक्ष मनोज गुरुङले आन्दोलनको रापले धर्तिपूत्र सुदनलाई जन्माएको बताए । हामीले बिगतबाटै राज्यको विभेद भोग्दै आएका छौं । अहिले पनि विभेद छ । आफ्नो समुदायको कुनै पनि व्यक्ति राज्यको मुख्य पदमा जान सकेको छैन र जान दिईएको छैन ।

विभेदबाट मुक्त हुन, आदिवासी जनजातीको बराबरीको हकअधिकार प्राप्तिका लागि संघियता उपयुक्त प्रणाली भएकोले यसैमा फूल्ने फक्रने उपाए खोज्नु उत्तम हुने बताए । उनले सुदनका बारेमा अनाहकका कुराहरु बाहिर आईरहेको भन्दै यदि उनलाई केहि आईपरे आफुहरु पर्खाल भएर उभिन तयार रहेको उद्घोष गरे । अहिले जन्मथोलाे र गाउँको पुर्ननामाकरणको लागि अभियानमा रहेको बताउँदै उपाध्यक्ष गुरुङले अधिकारहरुलाई संस्थागत गर्दै जान आवश्यक भएको बताए ।

सो अवसरमा जेन्जि गण्डकीका प्रतिनिधि प्रदिप पाण्डे, जेन्जि जेम्स कार्कि, तमु धिं कास्कीका संस्थापक अध्यक्ष कर्म तमु, परिषदका सल्लाहकार शेर बहादुर गुरुङले बोलेका थिए । यसअघि कार्यक्रममा सहभागिहरुलाई परिषदका वरिष्ठ उपाध्यक्ष सु.ईन्द्र बहादुर गुरुङले स्वागत गरेका थिए ।

युवराज गुरुङले संचालन गरेको कार्यक्रम परिषद कास्कीकि अध्यक्ष सीता गुरुङका अध्यक्षतामा भएको थियो । सो अवसरमा उनले गत भदौ २३ र २४ गतेको आन्दोलपछि देशमा के हुने हो ? देशै रहने होकि होईन ? सुन्यताको स्थितिमा देशलाई शान्तिको बाटोमा ल्याउन, अन्तरिम सरकार बनाउन र स्थिरताको बाटोमा जानका लागि सुदनले खेलेको भूमिका महत्वपूर्ण भएकाे बताईन् ।

हामीलाई पनि अगुवाहरु को हुन् भन्ने थाहै थिएन । कोहि अगाडी आएको नदेखिदा संकोच पैदा भईरहेको थियो । सोहि समयमा सुदन अगाडी आएर हालको परिवेसमा ल्याउन उनले गरेको प्रयास सह्रानिय भएको बताईन् । घुसपैठको कारण अदालत, संसद भवन, सिंहदरबार लगायतका धेरै संरचनाहरु ध्वस्त भए । ति हाम्रै सम्पती थिए । उनले कास्कीमा, गण्डकीमा केहि सोध्नु परे को को हुन् सबैलाई थाहा दिइनुपर्ने सुझाव दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0