Oplus_131072

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराउनुभएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी र गल्ती नरहेको कुरा राख्नुभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो ।

बैठकले गृहमन्त्री लेखकको कुरालाई पूर्णरूपमा विश्वास गरेर उहाँको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता डा महतले जानकारी गराउनुभयो ।

बैठकले भिजिट भिसा प्रकरणमा संलग्नमाथि निष्पक्ष छानबिन गरेर कारबाही हुनुपर्ने मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0