पोखरा, २९ कार्तिक । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड मा.विमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् ।

“जीवनमा नैतिक शिक्षाको आवश्यकता” भन्ने शिर्षककमा भएको प्रतियोगितामा प्रथम भएकी हुन् । तिवारीले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् ।

“उच्च शिक्षा हाम्रो लक्ष्य”भन्ने उद्धेश्यले २०५८ सालमा स्थापना भएको संस्थाले आफ्नो २५ औँ रजत जयन्ती मनाउने क्रममा शनिवार अन्तरबिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक लोक बहादुर गुरुङले बताए ।

पोखरा ३ नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण बिद्यालयमा आयोजना भएको प्रतियोगितामा बिन्ध्यावासिनी मा.विकि पूर्णिमा भट्टराई दोस्रो, सृजना मा.विकि दुर्गा सिग्देल तेस्रो र प्रतिभा मा.विका विशाल खत्रीले सान्तवना स्थान प्राप्त गरे ।

प्रतियोगितामा दोस्रो,तेस्रो र सान्तवना हुनेले क्रमश नगद ७ हजार,५ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।

२७ बिद्यालयका ५२ जना बिद्यार्थीहरु सहभागि रहेको प्रतियोगिताको निर्णायकमा गौरीसरा गुरुङ,दण्डपानी सुवेदी, रोशनी गुरुङ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लिटिल स्टेप मा.विका प्राचार्य पम्फा गुरुङले संस्था २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिदै संस्थाले तमु समुदायको क्षेत्रमा गरेका कामको प्रशंसा गरिन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष खेम बहादुर गुरुङ,सल्लाहकार तेज बहादु गुरुङ, भूपू खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ, तमु साहित्यिक मञ्चका अध्यक्ष तेज बहादुर तमु लगाएको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्रीजङ्ग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममो सञ्चालन सचिव कन्चन गुरुङले गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0