काठमाडौं, २६ कात्तिक । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक देखिएकाे छ । यसदिन नेप्से परिसूचकमा गिरावट भएर बजार बन्द भयाे ।

नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.३३ अंक घटेको छ । फ्लोट इण्डेक्स १.३३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा केहि बृद्धि भएकाे छ। हिजाे मंगलबार ३ अर्ब ६२ करोडकाे काराेबार भएकाेमा आज ३२१ कम्पनीहरुकाे ६६ हजार ८२४ पटक भएकाेमा कारोबारमा ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँ बराबरको ८४ लाख ४ हजार कित्ता शेयर किनबेच भएकाे छ।

आज ४ वटा कम्पनीकाे शेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ। भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढी बढेको छ। दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घटेको छ।

कारोबारकाे आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडी रहेकाे छ । कम्पनीको ४० करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले ४० । राधी विद्युत कम्पनीको २२ करोड रुपैयाँ बढीको शेयर र साहस उर्जाको १४ रपैयाँ बराबरकाे कारोबार भएकाे छ।

१३ उपसमूहहरुमध्ये एउटा उपसमूहमा हरियाे लागेकाे छ । बाँकी रहेका १२ उपसमूहहरुमा राताे लागेकाे छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत, अन्य उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0