काठमाडौं, २४ कात्तिक । साताको शेयर काराेबार हुने दोस्रो दिन पनि साेमबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । गएका दुई दिनमा पनि नेप्सेमा गिरावट भएकाे थियाे । यसदिन पनि साेहि क्रमले निरन्तरता लिएकाे छ ।

नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६०.२९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमि भएकाे छ। आइतबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाे थियाे । साेमबार ३२७ कम्पनीहरुकाे ४० हजार ५९१ पटकको शेयर कारोबारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँ बराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।

रमखोला हाइड्रो इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । सिटि होटलको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबारकाे आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अगाडी रहेकाे छ। कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।यूनियन हाइड्रोपावरको साढे २५ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ । १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को करिब २५ करोड रुपैयाँको ऋणपत्र खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ३ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका १० उपसमूहहरुमा राताे लागेकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६४ प्रतिशतले बढेको छ । लगानी र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0