
काठमाडौं, १३ कात्तिक । साताकाे शेयर काराेबार हुने पाँचाै दिन बिहिबार शेयर बजारमा सकारात्क माहाेल देखिएकाे छ । नेप्से परिसूचक २६ सय अंककाे घेराेमाथि पुगेपछि र काराेबारमा पनि बृद्धि भएपछि लगानीकर्ताहरुकाे मनाेवल बढेकाे छ ।
नेप्से परिसूचक २४.२२ अंकले बढेर २६००.३८ विन्दुमा चढेकाे छ । सेन्सेटिभ इण्डेक्स ५.४० अंकले बढेको छ । फ्लोट इण्डेक्स २.३७ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९३ अंकले बढेको छ ।
आज २४९ वटा कम्पनीहरुको शेयर काराेबार भएकाे छ । उनीहरुकाे २ करोड ६० लाख १० लाख ७१८ कित्ता शेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।
दुई स्टकको शेयर काराेबारमा सकारात्मक सर्किट लागेकाे छ । राँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सूपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतले भन्दा बढीले बढेको छ ।
एनआईबिएल सवल फण्डको इकाई मूल्य ५.७० प्रतिशतले घटेको छ । सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५.२४ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।
कारोबारकाे आधारमा हिमालयन बैंकको संस्थापक शेयर धेरै बढेको छ । एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। राधि विद्युत कम्पनीको कारोबार ३७ करोड रुपैयाँ बढी भएकाे छ । नेपाल सि इन्स्योरेन्स कम्पनीको ३४ करोड १० रुपैयाँभन्दा बढीको शेयर काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये एउटामा मात्रै रााे लागेकाे छ । बाँकी रहेका १२ उपसमूहहरुमा हरियाे लागेकाे छ । बिहिबार हाईड्रोपावर उपसमूहको परिसूचक २.६७ प्रतिशतले बढेको छ । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको नेप्सेले जनाएकाे छ ।
























