
किएभ, २२ भदौ । रुसले आइतबार बिहान युक्रेनमा युद्धको सुरुदेखिको सबैभन्दा ठूलो हवाई आक्रमण सञ्चालन गरेको छ । यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने किएभस्थित युक्रेन सरकारको सिटमा आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।
एएफपीका एक पत्रकारका अनुसार युक्रेनको मन्त्रिपरिषद् भवनको छतमा आगो लागेको थियो र राजधानीमाथि बाक्लो धुवाँ उडिरहेको देखिन्थ्यो । आपत्कालीन सेवाले ड्रोन आक्रमणका कारण किएभका धेरै अग्ला भवनहरूमा क्षति पुगेको पुष्टि गरेको छ । साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौतामा मध्यस्थता गरे पनि रुसले कुनै लचकता देखाएको छैन ।
युरोपेली राष्ट्रहरूले भने हालै मात्र फ्रान्स र बेलायतको नेतृत्वमा शान्ति सम्झौता कार्यान्वयन गर्न गस्ती सेना तैनाथ गर्ने वाचा गरेका थिए, तर मस्कोले यसलाई अस्वीकार्य ठहर गरेको छ । युक्रेनको मन्त्रिपरिषद् परिसरमा भएको यो प्रहार युद्धको पहिलो यस्तो आक्रमण हो । घटनास्थलमा पुगेका एएफपीका पत्रकारले उद्धारकर्ताहरूले हेलिकप्टरमार्फत पानी खसाल्दै आगो नियन्त्रणमा लिने प्रयास गरेको देखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





























