
वासिङ्टन, २२ भदौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार शिकागोमा आफ्नो नयाँ नामकरण गरिएको ‘डिपार्टमेन्ट अफ वार’ (युद्ध मन्त्रालय) लागू गर्ने धम्की दिनुभएको छ ।
डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी सहरहरूमा सेना तैनाथ गर्ने उहाँको दबाबका कारण तनाव झन् बढेको छ । यो कदम वासिङ्टनमा भएको अपरेसनको पुनरावृत्ति जस्तै हो, जहाँ ट्रम्पले नेसनल गार्ड सेना तैनाथ गर्नुभएको थियो र सङ्घीय एजेन्टहरूको सङ्ख्या बढाउनुभएको थियो ।
यसलाई लिएर शनिबार राजधानीमा नयाँ विरोध प्रदर्शन भई हजारौँ मानिस सडकमा ओर्लिएका थिए । “शिकागोले छिट्टै थाहा पाउनेछ कि यसलाई युद्ध मन्त्रालय किन भनिन्छ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेख्नुभयो । “संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले अमेरिकी सहरसँग युद्ध गर्ने धम्की दिनुभएको छ ।
यो सामान्य होइन, यो मजाक पनि होइन”, इलिनोइसका डेमोक्रेटिक गभर्नर जेबी प्रिट्जकरले उक्त पोस्टप्रति आक्रोश प्रकट गर्दै भन्नुभयो, “इलिनोइस कुनै तानाशाहबाट डराउने छैन ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























