

बेन्क्सी (चीन), २९ साउन । दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षपछि, जापान र चीनले वार्षिकोत्सवलाई प्रमुख कार्यक्रमहरूसहित मनाइरहेका छन्, तर फरक मितिमा र फरक तरिकाले ।
जापानले अगस्ट १५ मा एक गम्भीर समारोहमा पीडितहरूलाई सम्झना गर्छ । उक्त दिन तत्कालीन सम्राट हिरोहितोले सरकारले आत्मसमर्पण गरेको रेडियो सन्देशमा घोषणा गर्नुभएको थियो । अर्कोतर्फ चीनले सेप्टेम्बर ३ मा टोकियो खाडीमा अमेरिकी युद्धपोतमा औपचारिक आत्मसमर्पण गरेको भोलिपल्ट परेडका साथ आफ्नो सैन्य शक्ति प्रदर्शन गर्दछ ।
जापानले दोस्रो विश्वयुद्ध अघि र त्यस समयमा विनाशकारी र क्रूर आक्रमणमा चीनको धेरै भाग कब्जा गरेको थियो, जसमा केही अनुमान अनुसार दुई करोड मानिस मारिएका थिए । युद्धकालको अनुभवले आज पनि दुई देशबीचको सम्बन्धलाई समस्यामा राखेको छ ।
चिनियाँ सहर बेन्क्सीको एउटा सङ्ग्रहालयले जापान विरोधी प्रतिरोध लडाकूहरूको सङ्घर्षलाई उजागर गर्छ । तिनीहरूले उत्तरपूर्वी भू–भाग (तत्कालीन मन्चुरिया भनिने) मा कठोर जाडोमा काठको झुप्रोमा लुकेर बसे र त्यसपछि रूसमा गएर शरण लिएका थिए ।
सोभियत सङ्घले जापानविरुद्ध युद्धको घोषणा गरेपछि र सन् १९४५ अगस्ट ९ मा मन्चुरियामा आक्रमण सुरु गरेपछि मात्र तिनीहरू फर्किए । त्यही दिन अमेरिकाले नागासाकीमा आणविक बम खसाल्यो– जसले जापानलाई आत्मसमर्पण गर्न थप दबाब दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























