Home विश्व हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

हा लङ बे पर्यटक डुङ्गा डुब्दा भियतनाममा दर्जनौँको मृत्यु

हा लङ बे (भियतनाम), ४ साउन । भियतनामको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यमध्ये एकमा डुङ्गा डुब्दा कम्तीमा ३८ जनाको मृत्यु भएपछि उद्धारकर्ताहरूले आइतबार बेपत्ता पाँच जनाको खोजी गरिरहेका छन् । भियतनामको प्रसिद्ध हा लङ बे वरिपरि परिवारहरूलाई घुमाउँदै गरेको पर्यटक डुङ्गालाई शनिबार अकस्मात् आएको आँधीले प्रहार गरेको थियो ।

यो युनेस्को विश्व सम्पदा स्थलको सबैभन्दा घातक प्रकोपहरू मध्ये एक थियो । भिएनएक्सप्रेस समाचार साइटका अनुसार अचानक भारी वर्षाका कारण पल्टिएको ‘वन्डर सी’ नामक जहाजमा ४८ यात्रु र पाँच चालक दल सदस्य सवार थिए । “आकाश अँध्यारो भयो”, हा लङ बे क्षेत्रका बासिन्दा ट्रान ट्रोङ हङले एएफपीलाई भने, त्यहाँ “मुसलधारे वर्षा, आँधीबेहरी र चट्याङसहित औँला बराबरका ठूला असिनाहरू आए ।”

यात्रुहरूमा २० भन्दा बढी बालबालिका सहित राजधानी हनोईबाट आएका गर्ने परिवारहरू अधिकांश थिए । शनिबार साँझसम्म सीमा रक्षकहरूले ११ जनालाई उद्धार गरेका थिए र ३४ जनाको शव बरामद गरेका थिए । रातभर क्याबिनमा तीनजना चालक दलका सदस्यहरूको शव फेला परेको थियो र अझै पनि बेपत्ता रहेका पाँच जनालाई फेला पार्न आइतबार बिहानसम्म उद्धार कार्य जारी रहेको थियो ।

उद्धार गरिएका मध्ये एक जनाको आइतबार अस्पतालमा मृत्यु भएको र मृतकको सङ्ख्या ३८ पुगेको भिएनएक्सप्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here