
काठमाडौं, १ साउन । राष्ट्र बैंकले एक सर्कुलर जारी गरेर २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा दिन सिकने जानकारी दिएको छ । मौद्रिक नीति मार्फत बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुर्याएको थियाे ।
मौद्रिक नीतिमा राखिएकाे साे व्यवस्थाबारे बैंक तथा वित्तीय संस्थाहरुलाई बुधबार सर्कुलर जारी गरेर बैंकले २५ करोड रुपैयाँसम्म व्यक्तिगत मार्जिन कर्जा दिन सक्ने बताएकाे हाे ।
आवासीय घर कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड बनाइएकाे छ । यसमा बैंकले ८० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेकाे छ । यसअघि लोन टु भ्यालु रेसियो ७० प्रतिशत रहेकाे थियो ।
रियल स्टेट कर्जाको लागि लोन टु भ्यालु ५० प्रतिशत र निजी आवासीय घर कर्जाको लागि लोन टु भ्यालु रेसियो ७० प्रतिशत रहेको छ । यसअघिकाे व्यवस्थामा रियल स्टेट कर्जामा ५० प्रतिशत र अन्य निजी आवासीय घर कर्जामा ६० प्रतिशत रहेकाे थियो ।






















