
काठमाडौं, ५ असार । साताको शेयर कारोबार हुने अन्तिम तथा पाँचौ दिन बिहिबार नेपाली शेयर बजारको ओरालो लाग्ने क्रम रोकिएन । शेयर बजार राताम्मै भएपनि कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५९ अंकले घटेर २६२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.६० अंकले घटेर ४४९.८९ विन्दुमा झरेको छ ।
यसदिन कुल ३१४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८५ करोड ४४ लाख ५६ हजार ६७५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पियोर इनर्जि लिमिटेडले गुमाएको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।























