पाेखरा, ३० जेष्ठ । पोखरा महानगरपालिका वडा नं. ४, गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा शुक्रवार प्राथमिक तह (कक्षा ४ र ५) स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुराँस सदनका दिप्सन आचार्य, आविष्कार लामिछाने, ओसन द्वा र बिक्रम नेपालीको समूह प्रथम भएकाे छ । डाँफे सदनका बिराट सिजापति, यश लाभाजु, सहर्ष थकाली र स्वइच्छा गुरुङको समूह द्वितीय भएकाे छ ।

विद्यार्थीहरूमा सानै तहदेखि नेपाली भाषाप्रति मोह बढोस् भन्ने उद्देश्यले शब्द खेल आयोजना गरिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताए ।

शिक्षकहरू ममता गुरुङ र सुरेन्द्र सदिच्छा निर्णायक रहेको प्रतियोगितामा शिक्षक भुवन गुरुङको प्राविधिक सहयोग रहेको थियो । समय पालकको भूमिकामा शिक्षिका उषारानी राना गुरुङ र कार्यक्रम सञ्चालन शिक्षिका रोशनी श्रेष्ठले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0