पोखरा, ३० जेठ । सामाजिक उत्तरदायित्व बहन गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले पोखराको एक विद्यालयमा खानेपानी टंकी वितरण गरेको छ । साथै बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका गण्डकी प्रदेश प्रमुख रेवन्त श्रेष्ठले विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा-२, वरपाटन कास्कीद्धारा संचालित दलित छात्र÷छात्रावृत्ति वितरण कार्यक्रममा विद्यालयलाई खानेपानीको टंकी वितरण गरे ।

उनले अभिभावक, विद्यार्थीहरुलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत, बीमा, ऋण, लगानी विप्रेषण लगायतका विषयहरुमा सहजीकरण गरे ।

हाल देशभर सांग्रिला डेभलपमेन्ट बैंकले १०९ शाखाहरु र ३० वटा एटिएमबाट विविध बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको उनले जानकारी दिए ।

कार्यक्रमका संयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र बाटाजु, विद्यालयका प्र.अ. वसन्तराज पाण्डेलगायत सांग्रिला डेभलपमेन्ट बैंक बागलुङ्ग बसपार्क शाखाका प्रबन्धक कमला गिरी, शाखाका कर्मचारीहरु, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २ का ५० जना अभिभावकको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0