काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुँदे सहमति भएपछि बैठक बसेकाे छ । बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिएका छन् ।

नियामक निकायले काम गरिरहेकाले आइरहेका विषहरु आफुसंग सम्बन्धीत नरहेकाे बताए । रास्वपाले प्रतिशाेधकाे राजनीति गरिरहेकाे बताए । उनले मैले राजीनामा दिनुपर्ने कुनै कारण नभएकाे बताए ।

एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतकबीच सहमति भएको हो । उक्त सहमतिसँगै अबरुद्ध संसद् सञ्चालन हुने बाटो खुलेको हाे ।

यसअघि प्रतिपक्षी दलहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न सहयोग पु¥याएका थिए । सहमतिको पहिलो बुँदामा भनिएको छ, “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई आयोगले निष्कर्षमा पु¥याउने नै छ ।

उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।” साथै दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0