
काठमाडौं, ३० जेठ । पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वकाे मा रहेको हिमालयन बैंक (HBL) को संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता शेयर बिक्री गरेपछि उ नेपालबाट बाहिरिने भएकाे छ ।
उक्त शेयरमा हिमालयन बैंकका संस्थापक शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। शेयर किन्न चाहने हिमालयन बैंकका संस्थापक शेयरधनीहरुले आजदेखि ३५ दिन भित्र हेरिटज प्लाजा, कमलादी, काठमाडौंमास्थित कानून विभागमा निवेदन दिनुपर्नेछ ।
साे संस्थापक शेयरको भाउ प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा रहेकाे छ । ताेकिएकाे अवधिसम्म संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेकाे खण्डमा सर्वसाधारण लगानीकर्ताका लागि उक्त शेयरकाे बिक्री खुलाइने भएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























