
मुम्बई, २३ जेठ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ ।
भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ ।
अधिकांश विश्लेषकले २५ आधार अङ्कको कमीको अपेक्षा गरेका थिए । यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा सुस्त गतिमा विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको एक हप्तापछि आएको हो ।
जनवरी–मार्च त्रैमासिकले पुनरुत्थानका सङ्केतहरू देखाएको भए पनि पूर्वानुमानभन्दा राम्रो सात दशमलव चार प्रतिशत वार्षिक वृद्धिसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक व्यापक भन्सार शुल्कले दृष्टिकोणमा जोखिम सिर्जना गरेको विश्लेषकहले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























