
रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा २० जना घाइते भएको जनाइएको छ ।
रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । “पटक पटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेको छन्,” युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ ।
किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताउनुभएको छ । आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ ।
युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ । पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


























