नारायण शर्मा/नवलपरासी, १८ असार । गण्डकी प्रदेशको भारतिय सिमानासंग पहुँच रहेको एक मात्र सडक त्रिवेणी दुम्कीवास सडककालागि ३ करोड रकम बिनियोजन भएको छ ।

यो सडक हेर्न सडक डिभिजन भरतपुर कार्यालयले दिएको जानकारी अनुसार दुम्कीवास त्रिवेणी सडक निर्माणकालागि वातावरणी प्रभाव मुल्यांकनको काम अघि बढेको छ । असार दोश्रो साता भरतपुरमा सम्पन्न रास्वपाको पहिलो अधिबेशनमा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यो त्रिवेणी सडकको काम चाडो अघि बढाउन चासो ब्यक्त गरेका थिए ।

पूर्वी नवलपरासी क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्य मनिष खनालले यो सडक निर्माण गर्ने योजना सरकारको प्राथामिकतामा रहेको सुनाए । यो वर्षको वजेटमा ३ करोड रकम बिनियोजन भैसकेको छ उनले भने त्यहाको इआइएको रिर्पोट आउनासाथ सडक निर्माणले गति लिन्छ ।

बिनयी त्रिवेणी गाउपालिकाका वडा नम्बर ६ र ७ भारतिय सिमानासंग जोडिएको त्रिवेणीधाममा पर्दछ । त्रिवेणीधाममा रहेका ति दुबै वडाका बासिन्दा बिनयी त्रिवेणी गाउँपालिकाको आफनै कार्यालयमा आउन लुम्वीनी प्रदेशको सुस्ता, बर्दघाट दाउन्ने हुदै दुम्कीवास आउन पर्ने बाध्यता रहेको छ ।

त्रिवेणीधामवाट सोझै उत्तरमा पर्ने दुम्कीवास आउजाउ गर्न करिब २२ किलोमिटर सडक निर्माण नभएका कारणले उनिहरुले गत १२ वर्षदेखि सास्ती भाग्दै आएका छन्। तत्कालिन कांग्रेस एमालेको सरकारले त्रिवेणी दुम्कीवास सडक निर्माणमा चासो नदेखाएका कारण अघिल्लो साता त्रिवेणीका बासिन्दाले आफुहरु लुम्विनी प्रदेशको सुस्ता गाउपालिकामा गाभिन पाउ भनेर निबेदन दिएका छन्।

गण्डकी प्रदेशको त्रिवेणीधामलाई लुम्विनी प्रदेशको सुस्तामा गाभ्ने भन्ने नै हुदैन त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य मनिषखनालले भने यो ०८३ सालवाट नै त्रिवेणी दुम्कीवास जोडने सडक निर्माणकोकाम अघि बढ्छ ।

०६० सालमा त्रिवेणी स्थित गजेन्द्रमोक्षधामका पिठाधिस स्वामि कमलनयन आचार्यले श्रमदान गराएर त्यो २२ किलोमिटर लामो त्रिवेणी दुम्कीवास सडक छिचोलेका थिए ।

बिनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष घनश्याम गिरीले त्यहाको २२ किलोमिटर सडक खण्ड मध्ये अब ८ किलोमिटर सडक छिचोल्ने काम सम्पन्न हुन बांकि रहेको टेलिफोनमा जानकारी दिए । त्रिवेणीधामका रहेका २ वटा वडामा करिब ९ हजार जनसंख्या रहेको छ ।

त्रिवेणीमा इलाका प्रशासन कार्यालय राख्न पहल

सांसद खनालले त्रिवेणीकालागि छुटटै इलाका प्रशासन कार्यालय र मालपोत कार्यालय समेत स्थापना गरेर त्यहाका नागरिकलाई घर दैलोमै सेवा दिने ब्यबस्थाकालागि आफनो पहल जारी रहेको दावी गरे ।

नागरिकलाई चाहिने सबै सेवा कार्यालय त्रिवेणीमै स्थापना हुन्छ सांसद खनालले भने यहाको ऐतिहासिक भूमि त्रिवेणीधाम कहि कतै गाभ्ने गल्ति गरिदैन । सेवा त्यहि दिने हो कतै अन्यत्र जाने भन्ने नै हुदैन खनालले भने । त्यसकालागि मैले काम गरिहरेको छु खनालले भने चाडै रिजल्ट देखिने छ । त्रिवेणी दुम्कीवास सडक, भन्सार कार्यालयको काम संगसंगै अघि बढने खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0