काठमाडौं, १६ जेठ । सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यस दिन चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेको हो । चाँदीमा रुपैयाँ १५ ले घटेको छ ।

यस दिन छापावाल सुनको भाउ प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोलाकाे एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हाे । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ काराेबार भइरहेको छ । बिहीबार चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0