नारायण शर्मा/नवलपरासी, १० पुस । देबचुली नगरपालिकामा १० करोड ३१ लाखको लागतमा निर्माण शुरु भएको ट्रमा सेन्टर (अस्पताल)को निर्माणकार्य अलपत्र परेको छ ।

नौ महिनाअघिवाट निर्माण शुरु भएको ट्रमासेन्टरको ठेक्का लिएको निर्माण कम्पनि बिबिएस जेभि भरतपुरले भवनको डिपिसी गर्दागर्दै काम छोडेका कारण निर्माण अलपत्र परेको हो ।

काम गर्दा गर्दै डिपिसि पनि नभ्याउदै काम छोकेका हुन स्थानिय अमृत तमांगले भने डण्डीमा खिया लागिसक्यो काम छोडेर हिडेका छन । यो आयोजना हेर्ने सरकारी कार्यालयका इन्जिनियर समेत यहा आउन छोडेको उनले सुनाए ।

यो भवन निर्माणको काम हेर्ने सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुर कार्यालयका प्रमुख कृष्णमर्हजनका अनुसार त्यो भवनमा ठेकेदारले फलामे रड राख्दा केहि नमिलेका कारण काम रोकिएको जानकारी दिए । म पनि यो कार्यालयमा आएको नयाँ नयाँ हो त्यहा साइडहेर्ने इन्जिनियर पनि नयाँ आउनु भएको छ अब काम शुरु होला मर्हजनले भने ।

पूर्वी नवलपरासीमा लगातार चौथो पटक प्रतिनिधि सभा सदस्य जितेका यो क्षेत्रका सांसद डा शशांक कोइरालाले हरेक निर्वाचनमा पूर्वी नवलपरासीमा एउटा ट्रमासेन्टर निर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार उनकै पहलमा यहा ट्रमासेन्टरको निर्माण शुरु भएपनि काम अलपत्र परेको छ ।

०८३ साल पुस मसान्तमा निर्माण कार्यसकेर यो भवन हस्तान्तरण गर्नपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । देबचुली नगरपालिका अन्तरग त झराहि खोला नजिकमा निर्माणाधिन भवन साडे २ तल्लाको हुने छ । कम्पाउण्ड सहित निर्माण शुरु भएको भवनमा ट्रमा सेन्टरको सेवा सुचारु गरिने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0