
नारायण शर्मा, नवलपरासी/३०, असार । लगातारको वर्षादका कारण नारायणी नदीमा पानीको सतह बढदै गएपछि नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।
जल तथा मौशम बिज्ञान बिभागका अनुसार मंगलवार बिहान देबघाट जलमापन केन्द्रमा ३०२ मिलिलिटर वर्षाद भएको छ । देबघाटमा अहिले नारायणी नदीमा पानीको सतह ५ दशमलब ७९ मिटर माथि सम्म पुगेको छ जल तथा मौसम बिभागको रेकर्डले देखाएको छ ।
त्यसैगरि पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा २०७ मिलिलिटर वर्षाद भएको छ । बाढिका यी सबै मापन यो वर्षको सबै भन्दा धेरै हो ।
नारायणी नदीमा पानीको बहाब बढदै गएपछि नदी आसपासको क्षेत्रमा सर्तकता अपनाउन स्थानिय बासिन्दालाई जिल्ला प्रशासन कार्यलयले उर्दी जारी गरेको छ । नारायणी नदीको गैडाकोटदेखि त्रिवेणीधाम सम्मको करिब ६० किलोमिटर क्षेत्रमा नारायणी नदी किनारका बस्तिमा सर्तकता अपनाउन पर्ने अबस्था छ ।
गैडाकोट, देबचुली, कावासोती र बिनयी त्रिवेणी गाउपालिका क्षेत्रमा नदीको बहाब बढदोक्रममा रहेको छ । चितवन र नवलपरासीका अधिकांस क्षेत्रमा मंगलवार बिहान साढे ९ बजेपछि वर्षाद रोकिएको छ ।
























