पोखरा, १ पुस । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सको ३९ औंं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेको विद्यालयले जनाएको छ ।

गएको वर्ष जस्तै यसपालि पनि विद्यार्थी तथा विद्यालयहरुबीच भाईचाराको संस्कारमा बृद्धि तथा अपनत्वको अनुभव गराउन विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता आयोजना गरिएको जनाईएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले यसपालि ४८ विद्यालयका ९६ जना विद्याथीहरु चित्रकला प्रतियोगितामा सहभागि भएका बताए। उनीहरुले स्वतन्त्र रुपमा आफुले चाहेको विषयमा चित्रहरु बनाएका छन् ।

प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षासम्म र कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागि भएका छन् । दुबै समूहका पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुस ५ गते हुने विद्यालयको ३९ औं वार्षिकोत्सव समारोहमा पुरस्कार दिईने भएको छ ।

पालिखेका अनुसार हामीले कला, संस्कृतिको प्रवर्धनका लागि विद्यालयमै जेके आर्ट म्युजियम बनाएका छौं । जहाँ देशका प्रख्यात कलाकारका चित्रहरु राखिएको छ । नेपालमै १० हजार निजि विद्यालयहरुमा यस प्रकारको म्युजियम नभएको त्यो अभावलाई हामीले केहि गरौं भन्ने हिसाबले स्थापना गर्यौं ।

पोखराका दुर्गमका रहेका विद्यालयलाई खाजा तथा शैक्षिक सामग्री सहयोग, आश्रमहरुमा खाद्यान्न सहयोग तथा खेलकुद लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0