नारायण शर्मा/नवलपरासी, १ पुस । काठमाण्डौमा जारी एमालेको ११ औ महाधिबेशनकालागि पूर्वी नवलपरासी एउटै जिल्लावाट ९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

त्यसमध्ये हाल बुलिंटार गाउपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका इन्जिनियर दिपेन्द्र सुनारीले समेत जनजाती युवा कोटावाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। ३० वर्षका सुनारी एमालेवाट केन्द्रीय सदस्य हुनचाहाने सबै भन्दा कान्छा उम्मेदवार हुन्। उनले यो महाधिबेशनमा आफुसबै भन्दा कम उमेरको उम्मेदवार भएको दावी गरेका छन्।

एमालेवाट देशभरीका पालिका अध्यक्षमा बिजयी हुने म नै सबै भन्दा कम उमेरको हो उनले भने मैलै गाउपालिका अध्यक्ष जित्दा मेरो उमेर २७ वर्ष थियो ।

त्यसैगरि जनजातीकोटावाट प्रदेश सभा सदस्य रोशनबहादुर गाहा मगरले समेत उम्मेदवारी दिएका छन्। पूर्वी नवलपरासीवाट प्रदेश सभासदस्य पद्यमा जिसी श्रेष्ठले केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएकी छन्। त्यसै गरि नेता तिलक महत, मुक्तीराम पाण्डेले गण्डकी प्रदेशवाट भूगोल तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

नेता कृष्ण पौडेल, भागिरथ सापकोटा, रबिन्द्र अधिकारी, दलित केन्द्रीय सदस्यकालागि जिससका प्रमुख बाबुराम बिस्वकर्माले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0