
तेहरान, ३० असार । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।
आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उहाँलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो । “इजरायलले यो आक्रमणका लागि मूल्य चुकाउनुपर्नेछ,” आक्रमणपछिको पहिलो प्रतिक्रियामा उहाँले भन्नुभयो ।
आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो । अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई लक्षित गरी इजरायली आक्रमण गरिएको थियो, जहाँ राष्ट्रपति मसूद पेजेस्कियान र सरकारका कार्यकारी, विधायिका र न्यायिक शाखाका प्रमुखहरूसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।
इजरायली आक्रमणमा भवनको प्रवेशद्वार र निकासमा छ वटा क्षेप्यास्त्र प्रहार गरी भाग्ने मार्गलाई अवरुद्ध गर्नुका साथै हावाको बहावसमेत बन्द गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























