
काठमाडौं, ३० असार । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । यसदिन चाँदीको भाउले रेकर्ड कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ ताेलामा रुपैयाँ ३० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेकाे छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























