पोखरा, ९ भदौ । कास्की पोखरा हस्तकला संघको १६ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

अन्नपूर्ण हस्तकला उद्योग, पोखरा ४ कोइराला मार्गमा भएको साधारण सभा संघका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सचिव पम्फा थापा र कोषाध्यक्ष रजनी कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरेको छ ।

अध्यक्ष गुरुङले हस्तकलाका सामाग्रीहरुको बजारिकणको लागि सथानीय सरकारले चासो राख्नुपर्ने र आर्थिक शसक्तिकरणका कार्यहरू गर्नका लागि सहयोगको आग्रह गर्नुभयो ।

हालै पोखरा महानगरमा कोशेली घरको शुभारम्भ पनि भएको छ । उहाँले उक्त घरमा हातले बनाएका वस्तुहरु राख्नका लागि विक्री कक्ष भएपनि खालि रहेको बताउनु भयो । उहाँले महानगरले कृषि तथा रैथाने सामाग्रीबाट बनेका कस्केली दिदिबहिनीले उत्पादन गरेका वस्तुहरुको विक्रीको सहज वातावरण बनाउन माग गर्नुभयो ।

साधारण सभाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले वर्तमानको आवश्यक्ता उद्यमशिलता र आर्थिक शसक्तिकरण भएको बताउनुभयाे । उनले महिलालाई आर्थिक रुपमा मजबुत बनाउन वडाको तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष पराजुलीले स्थानीय सरकारले व्यवसायीको पिरमर्कालाई बुझ्नुपर्ने र व्यवसायीले पनि आफ्नो उद्योग, संस्थाका कामहरुलाई चुस्तदुरुस्त राख्न, निति नियमको परिधिमा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले समयमै संघ, संस्थाहरुलाई नविकरण गरेर बस्न आग्रह गर्नुभयो ।

संघकी संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी सदस्य हिरा भट्टराईले ९ जनाबाट सुरु गरेको संघमा अहिले ४० बढी दिदिबहिनीहरु जेडिनु भएको र यसलाई बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले हरेक दिदिबहिनीलाई उद्यमशिलतासंग जोडिन र आर्थिक सवलिकरणका लागि सिप सिकाईमा लाग्न आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं २ की सदस्य तथा संघकी सदस्य गोमा सुवेदीले महिलाहरु आर्थिक रुपमा मजबुत हुनका लागि उद्यमशिलतासंग जोडिन आवश्यक भएको बताउनु भयो ।

कपडा व्यवसायी संघ पोखराका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले संघ र कपडा व्यवसायीबीच नङ र मासुको जस्तो सम्वन्ध भएको बताउनु भयो । उहाँले नीतिगत समस्याका कारण व्यवसायीहरु मर्कामा परेको बताउनु भयो ।

संघका नयाँ सदस्य किसान सिंह खातीले आफु नयाँ प्रवेशी भएकोले संघको हितका लागि सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले समूहगत रुपमा उत्पादनसंग जोडिन सके आर्थिक लाभ हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा भाँडा व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष ओम श्रेष्ठ र कपडा व्यवसायी संघ पोखराका अध्यक्ष रामचन्द्र तिमिल्सिनालाई संघकी अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष हिरा भट्टराई लगायतले खादा लगाएर सम्मान गर्नुभएको थियो ।

सोहि अवसरमा पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने निर्वाचनका लागि खुल्ला सदस्यकी उम्मेदवार दुर्गा वराल, उपमहासचिव पदका उम्मेदवार रामचन्द्र तिमिल्सिना, खुल्ला सदस्य राम कँडेल, सूर्यराज घिमिरे र अमृत पोखरेलले सहयोगको आग्रह गरेका थिए ।

यसअघि कार्यक्रममा सहभागिलाई संघकी उपाध्यक्ष गोमा ढकालले स्वागत गर्नुभएको थियो । अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संंचालन सचिव पम्फा थापाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0