
नयाँदिल्ली, २६ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुलाई २ देखि ९ सम्मको आफ्नो पाँच राष्ट्रको भ्रमण समाप्त गर्दै बिहीबार बिहान नयाँदिल्ली फर्कनुभएको छ । कूटनीतिक भ्रमणले घाना, ट्रिनिडाड एन्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियालाई समेटेको थियो र ब्राजिलको अध्यक्षतामा रियो दि जेनेरियोमा आयोजित १७औँ ब्रिक्स शिखर सम्मेलनमा उहाँको सहभागिता समावेश थियो ।
भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री मोदी जुलाई २ मा घानाको राजधानी अक्रामा पुग्नुभएको थियो । यो ३० वर्षभन्दा बढी समयपछि कुनै भारतीय प्रधानमन्त्रीको पश्चिम अफ्रिकी राष्ट्रको पहिलो भ्रमण हो । आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले घानाका राष्ट्रपति जोन महामासँग बलियो साझेदारीको समीक्षा गर्न र आर्थिक, ऊर्जा र रक्षा सहयोग तथा विकास सहयोगको माध्यमबाट यसलाई बढाउन थप मार्गहरूबारे छलफल गर्न द्विपक्षीय वार्ता गर्नुभयो ।
जुलाई ३ मा उहँँले ट्रिनिडाड एन्ड टोबागोको भ्रमण गर्नुभयो । प्रधानमन्त्रीका रूपमा क्यारिबियन राष्ट्रको उहाँको यो पहिलो आधिकारिक तथा सन् १९९९ पछि प्रधानमन्त्री–स्तरमा पहिलो भ्रमण हो । उहाँले आफ्ना समकक्षी कमला प्रसाद–बिसेसरलाई भेट्नुभयो र देशको संसद्लाई सम्बोधन गर्नुभयो ।
भ्रमणका क्रममा उहाँले विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार ट्रिनिडाड एन्ड टोबागोका भारतीय डायस्पोराको छैटौँ पुस्तासम्म ओभरसिज सिटिजनसिप अफ इन्डिया (ओसिआई) कार्ड जारी गर्ने निर्णयको घोषणा गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1



























