
पोखरा, ३० असोज । तमु धिं नेपालको केन्द्रिय सदस्यमा २२ जना केन्द्रिय सदस्यहरु मनोनित हुनुभएको छ।
केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया गुरुङ, विमला गुरुङ, ध्रुव गुरुङ, सु.जसबहादुर गुरुङ, टिकादेवी गुरुङ, बेलबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, ऐनशोभा गुरुङ, कृष्णमाया गुरुङ, सोमबहादुर गुरुङ, सुदर्शन गुरुङ, प्रितम गुरुङ, नारायण गुरुङ, टेकबहादुर गुरुङ, गौप्रसाद गुरुङ, मनोजकुमार गुरुङ, खेमबहादुर गुरुङ, अमुल गुरुङ, हर्कबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, दौबहादुर गुरुङ, राजकुमार गुरुङ रहनुभएको छ।
तीन वर्षका लागि मनोनित केन्द्रिय सदस्यहरुलाई तमु धिं नेपालका संस्थापक उपाध्यक्ष तथा निर्वाचन समितिका प्रमुख अधिकृत शंकर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। केन्द्रिय सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख अधिकृत शंकर गुरुङ, तमु धिं नेपालका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ र निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रमुख हुमबहादुर गुरुङले टिका, खादा प्रदान साथै प्रमाणपत्र वितरण गराउनुभएको थियो।
केन्द्रिय सदस्य सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा तमु धिं नेपालका निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रमुख हुमबहादुर गुरुङले बधाई सहित मार्गनिर्देशन गर्नुभएको थियो । तमु धिं नेपालका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्धितिय उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य साथै महासचिव कृष्णकुमार गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिलाई तमु गुरुङ कलाकार संघ गण्डकीका अध्यक्ष विक्रम गुरुङसहितले बधाई तथा सम्मान गरेका थिए।
यस अघि १७ औं महाधिवेशनले अध्यक्षमा सुमे श्रीप्रसाद गुरुङ, वरिष्ठा उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा जुनाकुमारी गुरुङ, द्धितिय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङलाई तमु धिं नेपालको पदाधिकारी निवाचित गरेको थियो ।
























