Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर main with pic उपराष्ट्रपति र चिनियाँ राजदूतबीच भेट

उपराष्ट्रपति र चिनियाँ राजदूतबीच भेट

द्वारा
अनलाइन अन्नपूर्ण
-
37
Facebook
X
Pinterest
WhatsApp

    काठमाडौं, ५ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षति तथा सहयोगलगायत विषयमा विचारविमर्श भएको हो ।

    उपराष्ट्रपति यादवले भोटेकोशी बाढीमा नेपाली, चिनियाँ तथा अन्य विदेशी नागरिकको मृत्यु, सम्पत्ति र पूर्वाधारमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले बाढीमा घाइते नेपालीसहित चिनियाँ नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालस्थित चीनका राजदूत माओमिङमार्फत उपराष्ट्रपति हान झेङलाई सहानुभूति प्रकट गर्नुभयो ।
    भेटमा उपराष्ट्रपति यादवले चीनको ७७औँ स्थापना दिवसको अवसरमा उपराष्ट्रपति झेङलाई बधाई दिँदै उहाँको सुख, सुस्वास्थ्य तथा चिनियाँ जनताको शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भोटेकोशी बाढीले जीवन, सम्पत्ति मात्र नभई हजारौँ परिवारको सपना, संस्कृति तथा प्राकृतिक सम्पदालाई प्रभावित बनाएको छ ।
    पूर्वाधार पुनःनिर्माण सम्भव भए पनि प्रभावितको विश्वास पुनःस्थापित गर्न दशकौँ लाग्न सक्छ ।” उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नगन्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले नेपाल-चीन सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, परम्परागत मित्रता तथा आपसी सम्मानमा आधारित रहेको स्मरण गर्दै नेपाल ‘एक चीन सिद्धान्त’प्रति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।
    उहाँले आकस्मिक विपत्तिपछि चीनबाट पाँच चरणमा प्राप्त मानवीय राहत सहयोग, नौ सदस्यीय सुरुङ उद्धार टोली तथा मृतकको पहिचानका लागि सहयोग पुर्‍याइरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गर्नुभयो । चीन सरकारद्वारा उपलब्ध गराइएको २० लाख अमेरिकी डलर बराबरको सहयोग तथा चिनियाँ रेडक्रस सोसाइटीमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको थप दुई लाख अमेरिकी डलर सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिमनदी, जलविज्ञान तथा मौसमसम्बन्धी वास्तविक समयको तथ्याङ्क उपलब्ध गराएकामा चीन सरकारप्रति आभार व्यक्त गर्दै यस किसिमको आदान-प्रदान भविष्यमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
    चीनका राजदूत माओमिङले बाढीपहिरोले गरेको क्षतिप्रति दुःख प्रकट गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा विषय भएको बताउनुभयो । “नेपाललाई यस सङ्कटको घडीमा चीनले आर्थिक, स्वास्थ्य र मानवीय सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार पुनःनिर्माणमा चीनको सहयोग र समर्थन रहनेछ । नेपालबाट सूची प्राप्त भएबमोजिम सहयोग गर्न चीन तयार छ ।” राजदूत माओमिङले बाढीपहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थीका लागि रु एक करोड ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा चीन सरकारले गरिसकेको पनि जानकारी दिनुभयो ।
    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमामाउन्ट अन्नपूर्णका शिक्षकलाई माइन्डफुलनेस र स्नायु प्रणालीबारे प्रशिक्षण
      अर्को लेखमाआर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      माउन्ट अन्नपूर्ण माविमा बार्षिक खेलकुद शुरु

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      सिफारिस

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      November 25, 2026

      Cómo Funcionan los Casinos Online en Argentina en 2024

      November 25, 2026

      Die Welt der Online Casinos: Ein Realitätscheck

      November 25, 2026

      Seriöse Premium Casinos: Echtzeit-Optimierung und Sicherheit

      November 25, 2026

      Casinoformat och spelupplägg: en guide för spelare

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Sådan finder du et trygt og fordelagtigt københavnsk casino

      wp-admin - November 25, 2026 0