Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर main with pic आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

द्वारा
अनलाइन अन्नपूर्ण
-
42
Facebook
X
Pinterest
WhatsApp

    दमौली (तनहुँ), ६ असोज. तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो । वनलाई संरक्षणका क्षेत्रका रूपमा मात्रै नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीका आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको रानाभाटले बताउनुभयो । तनहुँमा १२२ वटा सामुदायिक वनमार्फत वन व्यवस्थापन तथा संरक्षणका गतिविधि सञ्चालन हुँदै आएका छन् ।
    सामुदायिक वनबाट प्राप्त आम्दानी सम्बन्धित वन समूहका उपभोक्ताको हितमा खर्च गर्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ । वनबाट प्राप्त आम्दानीलाई वन संरक्षण, विकास, सामाजिक तथा सामुदायिक हितका काममा परिचालन गर्नुपर्नेमा कार्यालयले जोड दिएको छ ।
    ८७ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी
    वन क्षेत्रले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको कार्यालयले जनाएको छ । आव २०८२/८३ मा वनसम्बन्धी विभिन्न गतिविधिमार्फत ८७ हजार ८४९ जनाले प्रत्यक्ष रोजगारी पाएका थिए ।
    वन व्यवस्थापन, वन पैदावार सङ्कलन तथा उपयोग, पोल थिनिङ, वन डढेलो नियन्त्रण, वृक्षरोपणलगायतका गतिविधिमा स्थानीय जनशक्तिको प्रयोग हुँदा रोजगारीका अवसर सिर्जना भएको कार्यालयले जनाएको छ । वन व्यवस्थापनअन्तर्गत आवश्यकताका आधारमा वन क्षेत्रको सुधार, घना भएका क्षेत्रमा ‘पोल थिनिङ’ तथा वनको उत्पादनशीलता बढाउने कामलाई प्राथमिकता दिइएको छ । वन क्षेत्रलाई दीर्घकालीन रूपमा उत्पादनशील र दिगो बनाउन वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापन आवश्यक रहेको रानाभाटले बताउनुभयो ।
    १८ हेक्टरमा वृक्षरोपण
    कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा १८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरेको छ । वन क्षेत्रको संरक्षण तथा विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको हो । वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्यलाई प्राथमिकतामा राखिएको छ । वन क्षेत्रको विस्तारले भू–क्षय नियन्त्रण, जलाधार संरक्षण, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रानाभाटले बताउनुभयो । सुक्खायाममा हुने वन डढेलो नियन्त्रणका लागि पनि कार्यालयले विभिन्न गतिविधि सञ्चालन गरेको छ ।
    वन डढेलोबाट वन क्षेत्र, वन्यजन्तु तथा जैविक विविधतामा हुने क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय तथा सामुदायिक वन समूहको सहकार्यमा नियन्त्रणका काम अघि बढाइएको हो । डढेलो नियन्त्रणका लागि पूर्वतयारी, सचेतना तथा आवश्यकताअनुसार नियन्त्रणका गतिविधि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । वन डढेलो नियन्त्रणमा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने भएकाले सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइएको छ । वन क्षेत्र संरक्षणसँगै जिल्लामा वन्यजन्तुको उद्धार तथा राहतका गतिविधि सञ्चालन भएका छन् ।
    मानव बस्तीमा प्रवेश गरेका, घाइते अवस्थामा भेटिएका वा जोखिममा परेका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन तथा उपचारको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
    तीन हेक्टरमा रुद्राक्षको पकेट क्षेत्र
    वन तथा कृषि क्षेत्रलाई जोडेर आयआर्जन बढाउने उद्देश्यले तनहुँमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको छ । कार्यालयका अनुसार तीन हेक्टर क्षेत्रफलमा रुद्राक्षको पकेट क्षेत्र स्थापना गरिएको हो । रुद्राक्षखेतीलाई व्यावसायिक रूपमा अघि बढाउन सकिए स्थानीयस्तरमा आयआर्जनको अवसर सिर्जना हुनुका साथै वन तथा गैरकाष्ठ वन पैदावारको क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्न सकिने रानाभाटको भनाइ छ । त्यस्तै, जिल्लामा आठ नमुना सामुदायिक वन स्थापना गरिएको छ । नमुना सामुदायिक वनमार्फत वन संरक्षण, व्यवस्थापन, वन पैदावारको दिगो उपयोग तथा समुदायको सहभागितालाई प्रभावकारी बनाउने उदेश्य राखिएको छ ।
    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमाउपराष्ट्रपति र चिनियाँ राजदूतबीच भेट
      अर्को लेखमाप्रतिनिधिसभाको बैठक बस्दै
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      माउन्ट अन्नपूर्ण माविमा बार्षिक खेलकुद शुरु

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      सिफारिस

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026

      बृजलाल केडियाको जीवनी समेटिएको पुस्तक विमोचन

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      wp-admin - November 24, 2026 0