
नारायण शर्मा/नवलपरासी, १८ असार । कालीगण्डकी कोरीडाेरमा खसेको ढुंगा पन्छाएर यातायात सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोट नगरपालिका वडा नम्बर ३ घोक्रेफाट सडकमा बुधवार बिहान खसेको ठूलो ढुंगा बिहिवार दिउँसो हटाएर यातायात सञ्चालन गरिएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार तिनवटा जेसिबीको सहयोगले ढुंडा हटाएर बिहिवार दिउँसो ४ बजेवाट यातायात सुरु गरिएको हो । कालिगण्डकी कोरीडर (सडक) महेन्द्रराजमार्ग अन्तरगत गैडाकोटबाट सुरु भएर पाल्पा जोडने फराकिलो पहाडि सडक हो ।
यो सडकले गैडाकोट बुलिंटार, डेढगाउ हुदै पश्चिम तर्फ पाल्पाको रामपुर हुदै पिपलडाँडा जोड्दछ । यो राजमार्गमा वर्षादमा यात्रा गर्न जोखिम छ । यो सडकमा दैनिक जम्मा तिन, चार दर्जन भन्दा धेरै सवारी गुड्दैनन्।
पहाडी सडक र ठूलो बजार क्षेत्र नपरेका कारण यहाँ बाक्लो गाडि आउजाउ गर्दैनन् । प्रहरीले भन्यो, ‘वर्षादमा थोरै मात्र यातायातका साधन हिड\ने भएकाले त्यति चल्तीको सडक होइन।’























